तराई टप संवाददाता
रौतहट, २८ वैशाख । कोरोनाको संक्रमणकालिन अवस्थामा अग्र पंक्तिमा रहेर काम गर्ने पत्रकारहरु माथि आईपर्ने विपदको घडीमा सहयोग पुर्याउने उद्देश्यबाट नेपाल पत्रकार महासंघ रौतहट शाखाले खडा गरेको कोरोना कोषमा मध्य तराई मिडया प्रालीद्धारा संचालित तराई टपले पाँच हजार सहयोग गरेको छ ।
कोरोनाको संक्रमणकालिन अवस्थामा पत्रकारहरु माथि आईपर्ने आफत एवं विपत्तीलाई धर्यताका साथ निर्वाह गराउन नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्थापना गरेको कोरोना कोषमा रकम जम्मा गर्न सार्वजनिक रुपमा अपिल गरेपछि मिडिया क्षेत्रमा कार्यरत मध्य तराई मिडिया प्रालीद्धारा संचालित तराई टपको प्रवन्ध निर्देशक प्रभातकुमार झाले पाँच हजारको चेक शाखा अध्यक्ष प्रेमचन्द्र झालाई उनकै कार्यकक्षमा गई मंगलवार हस्तान्तरण गरेको हो ।
सधै अरुका लागि समर्पित भई कार्य गर्ने संचारकर्मीहरु पिडामा परेको वेला उक्त कोषबाट यथेष्ट सहयोग गर्न सकुन भन्ने पुनित उद्देश्यबाट स्थापना गरिएको कोरोना कोषमा विभिन्न दानविरहरु सहयोग हात अघि बढाइसकेका छन् । समाजित संजाल मार्फत मेयर देखि लिएर व्यापारी एवं समाजसेवी सम्म महासंघको कोरोना कोषमा रकम जम्मा गर्ने प्रतिबद्धता जनाइसकेको शाखाको सचिव मदन ठाकुरले बताए ।