सेलिब्रिटी जज र पाहुनाका कारण शो मनोरञ्जक बनिरहे

काठमाडौं, १ चैत । हिमालय लोकस्टारका पछिल्ला एपिसोड रोचक बनिरहेको हप्तैपिच्छे आउने सेलिब्रिटी जज र पाहुनाका कारण शो मनोरञ्जक बनिरहेको छ ।
भोटिङ राउण्डको पहिलो एपिसोडमा २ सेलिब्रिटी पाहुना भित्रिए । जसमा गेस्ट होस्टको रुपमा टेलिभिजन पर्सनालिटी तथा कलाकार सन्दीप क्षेत्री र गेस्ट जजको रुपमा गायक तथा अमेरिकास्थित नेपाली अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत प्रस्तुत भएको हो ।
सन्दीपले पूर्वमिस नेपाल नम्रता श्रेष्ठ सँग मिलेर शोलाई होस्ट गरे । यी दुई सेलिब्रिटीलाई मंगलबार र बुधबारको शोमा पाहुनाको रुपमा ल्याइएको शो निर्देशक सिमोस सुनुवारले जानकारी दिए ।