सुरक्षा पन्तको सुवेदीसँग विवाह बन्धनमा बाँधिइन्

काठमाडौं, १ चैत । अभिनेत्री सुरक्षा पन्त यसैसाता प्रेमी मानव सुवेदीसँग विवाह बन्धनमा बाँधिइन् ।
चितवन स्थित मामाघरमा विवाह गरेकी सुरक्षा विवाहपछि काममा फर्किएकी छिन् । काठमाडौं फर्किएर उनी टेलिभिजन रियालिटी द शो पोएट आइडलको छायांकनमा व्यस्त भएकी छिन् ।
रियालिटी शोको छायांकन सेटमा पुग्दा उनी विवाहित लुक्समा देखिइन् । सारी, पोते र सिन्दूर लगाएकी सुरक्षा म्यारिड लुक्समा आकर्षक देखिएकी थिइन् । उनी पोएट आइडलकी जज समेत हुन् ।