127
Shares
सर्लाही, १ चैत । प्रहरीले सर्लाहीको हरिवनबाट नक्कली नोट र नोट बनाउनमा प्रयोग हुने कागज बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय हरिवनको टोलीले हरिवन नगरपालिका वडा नं. १० सुखेपोखरी स्थित सडक छेउमा बेवारिसे अवस्थामा छाडिएको झोलाभित्रबाट नक्कली नोट बरामद गरेको हो ।
झोलाभित्र १ हजार दरको नक्कली नोट ५१ थान र नोट साइजको सादा कागज १२ बण्डल बरामद भएको हरिवनका प्रहरी निरीक्षक शिवराम थापाले जानकारी दिए ।
बरामद गरिएको नक्कली नोट र अन्य कागज कार्यालयमा ल्याएर राखी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक थापाले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन