115
Shares
सर्लाही, १ चैत । सर्लाहीको मलंगवा नगरपालिकामा अन्तरप्रदेश स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।
मलंगवा नगरपालिका वडा नं. १२ गम्हरियामा वडा कार्यालयसँग सहयोग लिएर माइस्थान युवा क्लब गम्हरियाले झण्डामेला लागिरहेको स्थलमा भलिबल खेल आयोजना गरेको हो ।
वेष्ट फाइभको खेलमा महोत्तरीलाई ३–१ को सेटमा पराजित गरी सर्लाही विजयी भएका छन् । प्रतियोगितामा ९ वटा टिमको सहभागिता छ ।
बुधबारको खेलमा धनुषा र महोत्तरी, मकवानपुर र झापा तथा एपीएफ काठमाण्डौँ र बाराले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
चैत ३ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले १ लाख २० हजार र उपबिजेताले ६५ हजार नगद पुरस्कार हात पार्ने छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन