111
Shares
धनुषा, १ चैत । भूमिहीन सुकुम्वासीहरुले राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनुषामा तालाबन्दी गरेको छ ।
चुरे तथा वनजंगल जनआवाज अभियानका धनुषा जिल्ला संयोजक जुगति यादवको नेतृत्वमा पुगेको टोलीले जनकपुरधाम स्थित राष्ट्रिय भूमि आयोगको कार्यालयमा तालाबन्दी गरेको हो ।
भूमिहीनलाई जग्गा र ऐलानी जग्गामा बस्नेलाई लालपुर्जा उपलब्ध गराउनको लागि राष्ट्रिय भूमि आयोगको गठन भए पनि आयोगले यसतर्फ कुनै चासो नदिँदा आफूहरु बाध्य भएर तालाबन्दी गरेको संयोजक यादवले बताएकी छिन् ।
उनले आफूहरु फागुन ११ गतेदेखि नै जनकपुरधाम स्थित जनकचोकमा धर्नामा बस्दा पनि आयोगले अहिलेसम्म कुनै चासो नलिएको गुनासो समेत गरेकी छिन् । उनले भनिन्, ‘भूमिहीन सुकुम्वासीहरु आफ्नो अधिकारको लागि १९ दिनदेखि निरन्तर २४ घण्टे धर्नामा बसेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन