राष्ट्रिय स्वतन्त्र पार्टीले बैठक बोलाए

   २ चैत्र २०७९, बिहीबार १३:४५  

काठमाडौँ, २ चैत । उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीले बैठक बोलाएको छ ।
रास्वपाले शुक्रबार बिहान साढे ११ बजेको लागि पार्टी पदाधिकारी र संसदीय दलको संयोक्त बैठक बोलाएको हो ।
उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदै छ भने हालसम्म रास्वपाले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय गरेको छैन । यसअघि राष्ट्रपति निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट हालेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै