काठमाडौँ, २ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
कालो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी २ सय रुपैयाँ, हरियो अङ्गुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५ सय रुपैयाँ, अमला ८० रुपैयाँ, किवी ४ सय रुपैयाँ र अम्बा २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।
समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ४० रुपैयाँ, अदुवा १ सय रुपैयाँ, रातो आलु २४ रुपैयाँ, सेतो आलु १६ रुपैयाँ रहेको छ भने स्थानीय काउली ४० रुपैयाँ, कागती २५० रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ र हरियो खुर्सानी ११० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, राजमा घिउ सिमी १२० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३ सय रुपैयाँमा किनबेच भइरहेको छ
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन