निपाह भाइरस जनावरहरूबाट मानिसमा सर्छ

काठमाडौँ, २ चैत । निपाह भाइरस एक जुवोनोटिक भाइरस हो । यो जनावरहरूबाट मानिसमा सर्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या अनुसार सङ्क्रमित चमेरो, सुँगुर वा अन्य निपाह भाइरस सङ्क्रमित व्यक्तिहरू सँग प्रत्यक्ष सम्पर्कमा आएमा अर्को व्यक्तिमा भाइरस सर्न सक्छ ।
सङ्क्रमित जनावर वा व्यक्तिको रगत थुक,मूत्र जस्ता तरल पदार्थको मध्यमबाट भाइरस सर्दछ । सङ्क्रमित जनावरले दूषित बनाएको फलफूल सेवन गर्नाले पनि निवाह भाइरस सर्न सक्छ ।
निपाह भाइरस कसरी सर्छ
–निपाह भाइरस जनावरबाट, जनावरबाट मानिस र मानिसबाट मानिसमा पनि सर्दछ ।
–सङ्क्रमित चमेराबाट सुँगुर गाई गोरु जस्ता जनावर हुँदै मानिसमा सर्छ ।
–सङ्क्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा सर्छ ।
–सङ्क्रमित व्यक्तिको रगत दिस पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा सर्छ ।
यो सङ्क्रमण सबभन्दा पहिले सन् १९९० मा मलेसिया तथा सिङ्गापुरमा पहिचान गरिएको थियो । जहाँ यो भाइरस सुँगुरको माध्यमबाट मानिसमा सरेको थियो ।