कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थाले

   २ चैत्र २०७९, बिहीबार १४:४२  

धनगढी, २ चैत । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिन कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेको छ ।
कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा सङ्क्रमण देखिन थालेको हो ।
यो तथ्याङ्कमा केही दिन अघिका कोरोना सङ्क्रमितको सङ्ख्यासमेत समेटिएको निर्देशनालयले जनाएको छ ।
पछिल्लो २४ घन्टमा ३ सय ९१ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएको थियो । कोरोनाको सङ्क्रमण दर केही बढे पनि रोगले हुने मृत्यु दर भने शून्य छ ।
कोरोना भाइरसको समस्या देखिएयता हालसम्म सुदूरपश्चिममा ६ लाख ३९ हजार ४ सय ८८ को नमूना परीक्षण भइसकेको छ । यीमध्ये ६१ हजार ८ सय ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै