‘मुन्द्रेको कमेडी क्लब’ कमेडी शो आजदेखि प्रसारणमा आउने

काठमाडौँ, २ चैत । हास्य कलाकार जीतु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ आज देखि प्रसारणमा आउने भएको छ ।
कलाकार जीतु नेपालले शो बिहीबार देखि प्रसारण हुने जानकारी गराएको हो । नेपालले शोको पहिलो अतिथिको रुपमा अभिनेता प्रदीप खड्कालाई लिएका छन् ।
नयाँ सिजनको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहेकी छिन् । यसअघि शोको अध्यक्षमा दीपाश्री निरौला र त्यसपछि करिश्मा मानन्धर रहेका थिए ।
अब सुरु हुने शोमा अध्यक्ष मात्र नभएर केही कलाकार समेत नयाँ हुने छन् । जसमा दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ रहेका छन् ।