विकास बोर्डले निर्देशन विषयमा ३ दिन कार्यशाला आयोजना गर्ने

काठमाडौं, २ चैत । चलचित्र विकास बोर्डले पटकथा लेखन र निर्देशन विषयमा ३ दिन कार्यशाला आयोजना गर्ने भएको छ ।
भारतीय फिल्म मेकर तथा फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाका उपप्राध्यापक अनुपम बर्वेले नेपाली फिल्मकर्मीलाई फिल्म पढाउने भएको हो ।
बोर्डले चैत ३ देखि ५ गतेसम्म कार्यशाला गर्ने भएको छ । कार्यशालामा निःशुल्क सहभागी हुन सकिने बोर्डले जनाएको छ ।
अहिले यास्मिना रेजाको टोनी अवार्ड विजेता नाटक ‘गड अफ कार्नेज’ को मराठी रूपान्तरण नाटक ‘उछाड’ को निर्देशनमा व्यस्त छन् । मानसिक स्वास्थ्यमा आधारित ‘गोष्ट अहे पृथ्वी मोलाची’ नामक श्रृंखलाको ६ भागको निर्माण तथा निर्देशन गरेका छन् ।
कामुकता र आत्मप्रभावकारिता वरपरका कथामा आधारित ‘सेफ जर्नीज’ शीर्षकमा ८ भागको वेब सिरिजको निर्माण र निर्देशन पनि गरेका छन् ।