युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटर फाइनलमा प्रवेश गरे

काठमाडौं, २ चैत, । इटालियन क्लब नापोली पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
राउण्ड अफ १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा जर्मन क्लब एनट्राट फ्रान्कफुर्टलाई ३–० ले पराजित गर्दै नापोली समग्रमा ५–० ले विजयी भएको हो ।
पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरेका ओसिमहेनले ५३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।
पहिलो लेगमा नापोलीले फ्रान्कफुर्टलाई २–० ले हराएको थियो ।
इटालियन सिरी ए मा शीर्ष स्थानमा १८ अंकको अग्रता बनाएको नापोली यस सिजन उत्कृष्ट लयमा छ ।
यस पटक इटलीबाट ३ क्लब च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।