राष्ट्रपतिद्वारा विश्वव्यापी सभ्यता पहलको प्रस्ताव

   २ चैत्र २०७९, बिहीबार १५:४२  

बेइजिङ, २ चैत । चिनियाँको राष्ट्रपति सी चिनफिङले विश्वव्यापी सभ्यता पहल (ग्लोबल सिभिलाइजेशन इनिसिएटिभ) को प्रस्ताव सारेको छ ।
सभ्यताको विरासत र नवीनताको उच्च मूल्याङ्कन गर्न र बलियो अन्तर्राष्ट्रिय जनता–जनता बीचको आदानप्रदान र सहयोगको संयुक्त वकालत गर्न आह्वान गरेको हो ।
उच्चस्तरीय बैठकलाई विभिन्न राजनीतिक दल र राजनीतिक संगठनका नेताहरूले पनि सम्बोधन गरेका थिए । उनीहरूले राष्ट्रपति सीका प्रस्तावहरूको प्रशंसा गर्दै ऐक्यबद्धता जनाएका थिए ।
चिनियाँ राष्ट्रपतिले राजनीतिक दलहरूलाई जनतालाई पहिलो स्थानमा राख्न र आधुनिकीकरण जनतामा केन्द्रित गर्न आह्वान समेत गरे । स्वतन्त्रताको सिद्धान्तलाई कायम राख्न र आधुनिकीकरणतर्फ विविध मार्गहरू खोज्न पनि उनको सुझाव थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनले आधुनिकीकरणको चिनियाँ मार्गमार्फत चिनियाँ राष्ट्रको पुनर्जागरणलाई सबै मोर्चामा अगाडि बढाउने प्रस्ताव गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै