गौर कारागारमा कैदी चौकीदार पवन यादवको अपराधिक साम्राज्य फस्टाउदै

अभिमन्यु पटेल
रौतहट, २ चैत । गौर कारागार गौरका जेलर शम्भु यादवको प्रत्यक्ष संरक्षणमा चौकिदार पवन यादवको सिन्डिकेट फस्टाउदै आएको दर्जनौं तथ्य फेला परेको छ ।
लागु औषधका अभियोगमा गौर कारागारमा कैदीबन्दीको जीवन बिताइ रहेका कैदी पवन यादव गत फागुन २४ गते होलि पर्वका दिन बिना कुनै जानकारीकै कारागारबाट अन्तर जिल्ला आफ्नो घरगइ फर्किने क्रममा दुर्घटनामा परी घाइते भएपछि गौर कारागारको रहस्यहरु बाहिरिन थालेको हो ।
गौर कारगार भित्र पवन यादवको सम्राजय चलिरहेको कुरा बाहिरिए पछि रौतहटका संचारकर्मीहरुको टोली गौर कारागार पुगेर वास्तविक तथ्य बुझ्ने प्रयास गरेका थिए सो क्रममा गौर कारागारमा रहेका कैदी बन्दीहरुले आफुहरु माथि चरम यतना भोग्दै आएको बताएका थिए । कारागारको झ्यालबाट संचारकर्मीको हुल देख्न बितिकै कैदी बन्दीहरु भक्कानेर आँसु झार्दै आफ्नो पीडा सुनाउन बाध्य भए ।
चौकिदार पवन यादव र जेलर शम्भु यादवका कारण आफुहरु असुरक्षित रहेको र कसैले सो बारे चासो न दिएको र कहिलेकाही ठूलो ठूलो हाकिमहरु भ्रमणमा आउदा सो गुनासो गर्दा राती पशु सरह याताना कक्षामा लगेर चरम यातनाको सिकार हुनु परेको कैदी बन्दिहरुको गुनासो गरे ।
चौकिदार पवन यादव र जेलर शम्भु यादवका कारण आफुहरु असुरक्षित रहेको र कसैले सो बारे चासो न दिएको र कहिलेकाही ठूलो ठूलो हाकिमहरु भ्रमणमा आउदा सो गुनासो गर्दा राती पशु सरह याताना कक्षामा लगेर चरम यातनाको सिकार हुनु परेको कैदी बन्दिहरुको गुनासो गरे ।
चौकीदार पवन यादव कारागार भित्रका कैदी बन्दीहरु लगायत महिला कैदी बन्दीहरुलाइ आफ्नो स्वार्थ अनुसार व्यहवार गर्ने गरेको पाइएको छ । चौकिदार यादवले महिला बन्दिका साथमा गलत नियतले आफ्नो स्वार्थ पुर्ती को प्रयास गर्ने गरेको र सो नभए विभिन्न किसिमको यातना दिने, असभ्य र अमर्यादित शब्दहरुको प्रयोग गर्ने र मानवअधिकारको हनन गर्नुको साथै शोषण गर्ने गरेको महिला कैदी शोभा यादवले बताएकी छिन् ।
महिलाहरूले अहिले केही सत्य बोल्यो भने पछि हामीलाई भित्र धेरै किसिमको यातना दिने डरले बोल्न सकेनन् ।
जिल्ला कारागार कार्यालय गौरबाट बारम्बार आफ्नो पैसा र पावरको बलमा बन्दी जीवन बिताइरहेका बारा जिल्ला भटिनिया गाउँका पवन यादव सर्वसाधारण जस्तो खुल्याम कारागार बाहिर आवत जावत गर्ने गरेका छन् ।
ब्राउन सुगर कारोबारको मुदामा १५ वर्ष जेल र ५ लाख जरिवाना सहित सजाय पाएका कैदी यादव खुल्याम घुमिरहेका विषय फाल्गुन २४ गते होली पर्वको दिन आफ्नो पैसाको पावरमा जेलर शम्भु यादवसँग मिलेर त्यहाँ प्रहरी सुरक्षाको जिम्मेवारी पाइएको प्रहरी नायव निरीक्षक तेजीलाल यादवलाई आफ्नो मोटरसाइकलमा बसाएर घर लगिएको अवस्था परोहा नपा ४ लौकाहा बजार स्थित दुर्घटनामा परेर पर्सा जिल्लाको बिरगंजमा रहेको एल.एस न्यूरो अस्पतालको आइसीयूमा भर्ना भइ उपचार गराइरहेको क्रममा कुरा लुकाउन अनेक हथकन्डा अपनाए पनि सो रहस्य बाहिरिएको हो ।
गौर कारागारमा कैदी बन्दी मध्ये चौकिदार बन्न मात्र लाखौं रुपैया बराबर रकम खर्च गरिने गरेको श्रोतले जनाएको छ । गौर कारागारमा यादव चौकिदार बन्न १० लाख भन्दा बढी खर्च गरेको अन्य कैदी बन्दीहरुको दावी रहेको छ । कारागारमा विगत लामो समय देखि जेलर शम्भु यादवको गलत गतिविधिको कारण पटक–पटक विभिन्न अप्रिय घटनाहरु भएको तथा कारागारमा बसेका कैदीहरुद्धारा जनगुनासो बढेको रौतहट क्षेत्र न .२ का सांसद किरण कुमार साह कारागार भित्रको रहस्य को हो ? भन्ने उद्देश्यबाट संचारकर्मी संग कारागार पुगेको थियो ।
संघिय सांसद साहलाई कारागारको गेटमा कैदी बन्दीहरू देख्ने बितिकै सबैले आ–आफ्नो दुख पोख्दै जेलभित्रको बेथिति बताए । देवाही गोनाही ५ टिकुलिया निवासी कैदी मोहन साह कानुले सांसद साहसँग कुरा गर्दै जेल भित्र दर्जनभन्दा बढी कैदीहरूबाट कैदी चौकीदार पवन यादवले १ देखि ५ लाख सम्म लाखौं रकम लिएको उनले बताए ।
चौकीदार नाईके यादवको भित्री एउटा ठूलो ग्रुप सहयोगी नाइकेहरूको छ । घरबाट कैदीहरूको आफन्तले केही रकम लिएर आउछन् वा कसै मार्फत पठाउन लगाउन त्यो रकम गेटमा खोसि हाल्छ पछि माग्दा दिदै उल्टै धम्की दिन्छ, सबै नाइके मिलेर राति कुटपिट गर्ने गरेको अवस्थाबाट भारतीय जेलमा हुने अपराधको सम्राज्य जस्तै गौर कारागारको अवस्था रहेकोमा दुख व्यक्त गरे ।
नाईकेहरूले कारागार भित्र एउटा समूह संचालन गरेका छन् उनीहरूको यति धाकधम्की चल्छ कि भित्र जेसुकै गर्न सक्छन अनि गरेको पनि छ कसैले डरले बोल्दैन बोल्यो भने सिधै ३ देखि ४ जना नाईके मिलेर पाइपले शरीरमा दाग नदिख्ने गरि हिसाबले कुटपिट गर्छन् अनि कहै कतै केही गुनासो गर्यो भने धेरै एतना दिने गरेको कैदी साहले बताए ।
त्यस्तै कैदी बिष्णु यादवका अनुसार जेलभित्र कोही कैदी स्वतन्त्र छैन, चौकीदार यादव र जेलर शम्भु यादवको डरले थरथर काप्ने गर्छन् । मसँग जेलमा सहयोग हुन्छ भनेर यादवले १ लाख ३० हजार रकम लिएको उनले बताए । मनोज बैठासँग मुद्दामा सहज बनाई दिन्छु भनेर कैदी चौकीदार यादवले ४ लाख रुपैया लिएको छ रकम फिर्ता माग्दा धम्की दिने कुटपिट गर्ने गरेका छन् ।
यस्तै कैदी रामबाबु पासवानसँग ४ लाख ३० हजार यादवले लिएको बताए । खाना सहितको धेरै समस्या छ डबल स्केलको दरले ८ सय ५० रूपैया एक सप्ताहमा रकम तिर्न लगाउ तर खाना भनेको जस्तो खुवाउदैन । कैदी बन्दीहरूले भित्र भइरहेको गलत क्रियाकलापको बिरोधमा केही बोल्यो भने जेलर यादव, चौकीदार यादव र सहायक नाइकेहरू कुटपिट गर्न लगाएर डरत्रास देखाएर शोषण गरिरहेको कैदी यादव गुनासो गरे ।
नेपाल सरकारबाट आएको चिसोको न्यानो कपडा, पोष्टिक तत्व अहारको रकम सबै जेलर यादव र नाईक यादवले मिलेर खाइसकेका छन् । कैदीको लागि भित्र उपलब्ध औषधी एउटा पनि पाउदैन यहाँ औषधीको नाममा एउटा सिटामोल समेत पाउदैन तर रकम सरकारबाट आइनै रहेको कैदीले दुख पोखेका छन् ।
कारागार भित्र राणा शासन भन्दा ठूलो शासन जेलर र चौकीदार यादवले चलाई रहेको बताए ।
यसविषयमा गौर कारागारको जेलर यादवले आफू माथि लगाएको आरोपमा कुनै सत्यता नरहेको दाबी गर्दै केही भनेनन् ।