युएईलाई ९ रनले हराउदै नेपाल एकदिवसीय विश्वकपको छनौटमा प्रवेश

काठमाडौं, २ चैत । आइसीसी क्रिकेट विश्वकप लिग टु को अन्तिम खेलमा डकवर्थ लुइथ नियमको आधारमा युएईलाई ९ रनले हराउदै नेपाल एकदिवसीय विश्वकप छनौप प्रतियोगितामा स्थान सुरक्षित बनाएका छन् ।
काठमाडौंको त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिंग गरेका पाहुना टोली युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रनको विशाल योगफल तयार गरेर नेपाललाई ३११ रनको टार्गेट प्रस्तत गरेका थिए ।
प्रतिउत्तरमा नेपालको खराव सुरुआत भएपनि मध्यक्रमका ब्याट्सम्यानहरुको मेहनेतका कारण ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खराब मौसमको कारण खेल रोकियो र डकवर्थ लुइथ मेथडका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो ।
यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिएको छ । र, जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल हुदै ३ करोड नेपाली नागरिकलाई आफना टिम विश्वकपको क्वालिफायर राउण्ड खेल्ने सपना पुरा भएका छन् ।
हजारौं दर्शकहरुको उपस्थितिमा गुल्शन झाको अर्धशतकिय पारीबाट नेपाल जितेको हो । ४२ औं ओभरमा गुल्सन झाले युएईका बलरको एक ओभरमा २० रन हान्दै हारेको बाजी जितमा परिणत गरे । नेपाली क्रिकेट टोलीलाई धेरै धेरै बधाई छ र अगामी यात्रा पनि सुखद होस भन्ने तराई टप अनलाईनले कामना गर्दछ ।
