राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित

काठमाडौं, ३ चैत । उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने विषयमा निर्णय लिन आज बस्ने राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ ।
बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको थियो ।
तर निर्वाचन आचारसंहिता लगायतका कारण बैठक स्थगित भएको महामन्त्री मुकुल ढकालले जानकारी दिएको हो ।
राष्ट्रपति निर्वाचनमा रास्वापाले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको थियो ।
शुक्रबार १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनको लागि मतदान हुँदैछ । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव, अष्टलक्ष्मी शाक्य, ममता झा र प्रमिला कुमारी यादव उम्मेदवार छन् ।
प्रमिलाले उम्मेदवारी फिर्ता लिएको र रामसहाय प्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेकी छिन्