उपराष्ट्रपति पदको निर्वाचन आज

   ३ चैत्र २०७९, शुक्रबार ११:११  

काठमाडौं, ३ चैत । उपराष्ट्रपति पदको निर्वाचन आज हुँदै छ ।
नयाँ बानेश्व रस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनको लागि मतदान हुन लागेको हो ।
बिहान १० बजेदेखि अपराहन ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमरिता कुमारी शर्माले जानकारी दिइन् । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको अमरिता कुमारी शर्माले बताइन् ।
उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभा सदस्य मतदाता हुन्छन् । उनीहरुका लागि छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
संघीय संसद्का सदस्यले संसद् भवनको मूल गेटबाट प्रवेश गरेर मतदान गर्नेछन् भने प्रदेशसभाका सदस्यले बगैँचा तर्फको हरियो गेटबाट प्रवेश गरेर मतदान गर्ने व्यवस्था मिलाइएका छन् । उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन् । संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै