कार्यालयको आधिकारिक टवीटर ह्याण्डललाई पूर्वराष्ट्रपतिले निजी बनाए

   ३ चैत्र २०७९, शुक्रबार ११:१२  

काठमाडौं, ३ चैत । राष्ट्रपति कार्यालयको आधिकारिक टवीटर ह्याण्डललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी बनाएकी छिन् ।
राष्ट्रपति पौडेलको सचिवालय स्रोतले भन्यो, ‘राष्ट्रपति कार्यालयको आधिकारिक टवीटर अकाउन्ट हामीलाई हस्तान्तरण भइसकेको छैन ।
राष्ट्रपतिमा रामचन्द्र पौडेल २५ गते निर्वाचित भएका थिए । २९ फागुनमा उनले शपथग्रहण गरेका थिए । सोही दिन पूर्वराष्ट्रपति भण्डारीले शीतल निवास छाडेकी थिइन् ।
२५ हजार फलोअर्स भएको टवीटर ह्याण्डललाई निजी बनाएपछि भण्डारीले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा विजयी नेपाली क्रिकेट टीमलाई बधाई दिएकी छन् ।
राष्ट्रपति कार्यालयको आधिकारिक टवीटर ह्याण्डललाई निजी बनाएपछि भण्डारीको आलोचना भएको छ । डा. रामेश कोइरालाले विद्या भण्डारीलाई मेन्सन गर्दै लेखेका छन्, ‘आदरणीय पूर्वराष्ट्रपति जी, म नेपालको राष्ट्रपतिको अफिसियल अकाउन्ट भन्दा ६ गुणा धेर फलोअर भएको यो मेरो अकाउन्ट यहाँलाई दान दिन चाहन्छु ।
यसअघि पूर्व सभामुख ओनसरी घर्तीले सभामुखको औपचारिक टवीटर ह्याण्डललाई निजी बनाएपछि आलोचना भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै