तराई टप संवाददाता
रौतहट, ३१ बैशाख । कोरोना भाईरसको असर अहिले वित्तिय क्षेत्रमा परेको छ । रौतहटको चन्द्रपुर नगर क्षेत्रका बैक तथा वित्तिय संस्थाहरुको कारोवार आजबाट आलोपालो हुने भएका छन् ।
कोरोना महामारीको समयमा सेवाग्रही र कर्मचारीलाई जोगाउनका निमित्त सधैभरी भिडभाड हुने गरेको वैकिंग र वित्तिय सेक्टरमा आजबाट चन्द्रपुर नगर क्षेत्रका बैकहरुले आलोपालो कारोबार सञ्चालन गर्नु पर्ने चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले जानकारी दिएका छन् ।
नगर क्षेत्रमा रहेका नेपाल बैक, एभरेष्ट बैक, ग्लोबल आइएमइ बैक, सनराइज बैक, सिद्धार्थ बैक, कुमारी बैक, लुम्बनि बैक, ज्योती विकास बैक, महालक्ष्मि विकास बैक, कृषि बिकास बैक, राष्ट्रिय बाणिज्य बैक र माछापुच्छ«े बैंक आइतबार, मंगलबार र विहिबार ३ दिन खुल्ने प्रधानले बताए ।
त्यसैगरी एसविआइ बैक, प्रभु बैक, नेपाल क्रेडिट एण्ड कमर्स बैक, एनवि बैक, एनआइसि बैक, सानिमा बैक, सिभिल बैक, नबिन बैक, मसक्तिनाथ बैक, गरिमा विकास बैक, कामना बैक र गुहेश्वरी मर्चेन्ट बैक सोमबार, बुधबार र शुक्रबार ३ दिन कारोवार गर्ने उनले जानकारी दिए । आलोपालो सिष्टमबाट संचालन हुँदा बैंकमा भिडभाड माथि नियन्त्रण गर्न सकिने स्पष्ट पारे ।