प्रक्रिया मिचेर कर्मचारी भर्ना तथा आर्थिक अनियतिता विरुद्ध गरुडा नगरपालिका घेराउ

   ३ चैत्र २०७९, शुक्रबार १८:२३  

गरुडा (रौतहट), ३ चैत । गरुडा नगरपालिकामा अनाधिकृत रुपमा प्रक्रियालाई मिच्दै कर्मचारी भर्ना गरेर नगरपालिका माथि आर्थिक बोझ थुपारेको आरोप लगाउदै लोसपाबाट मेयर प्रत्यासी बनेका युवा नेता दिपक यादवले गम्भीर आपत्ती प्रकट गरेका छन् ।
युवा नेता यादवको नेतृत्वमा सयौं स्थानीय बासिन्दाहरु गरुडा स्थित नगरपालिकाको कार्यपालिका कार्यालय बाहिर घेराबन्दी गरेर नगरपालिकामा कर्मचारी भर्ना सहित विभिन्न आर्थिक अनियमिततालाई ढाकछोप गर्ने मेयर सहित प्रमुख प्रशासकीय अधिकृत विरुद्ध चर्का नाराबाजी गरेर विरोध प्रदर्शन गरेका हुन् ।
युवा नेता यादवले मेयर कन्थमुणी प्रसाद जयसवाल र प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले अनाधिकृति रुपमा प्रक्रिया मिचेर आफू पायक एवं कार्यकर्ता भर्ती केन्द्रमा परिणत गर्दै पछिल्लो ६ महिनामा चरम आर्थिक अनियमितता गरेर नगरपालिका माथि चरम आर्थिक भार थुपारेको गम्भीर आरोप लगाए । हामीहरुले माग गरेको कागजातहरु किन सार्वजनिक गरेन ? किन दिन आनाकानी गरिरहेको छ ? के कारण छ ? सरकारी सम्पतीलाई दुरुपयोग गर्ने मेयर जयसवाल सहितका कर्मचारीलाई कारवाही हुने कि नहुने ? भने लगायतका मागहरु सहित नगरपालिका कार्यालय घेराउ गर्न पुगेका थिए ।
युवा नेता यादवले ४५ मिनेट सम्म मेयर र प्रमुख प्रशासकीय अधिकृत संग छलफल भएको तर त्यसमा आर्थिक अनियमितता र कर्मचारी भर्नाको कुनै ठोस जवाफ नदिदा जनताहरु मेयरको काम कारवाही प्रति आक्रोशित बनेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै