फेरिदै मधेशी महिलाको परिचय, चुल्हे देखि बजार सम्मको यात्रा

   ३ चैत्र २०७९, शुक्रबार १८:३६  

धर्मेन्द्रकुमार साह

घुन्घट लगाएकी, घरको कोठाहरुमा कैद र चुल्हो सम्मको पहुच । आम रुपमा मधेशी महिलाको पहिचान यहि रुपमा गरिन्छ । तर पछिल्लो समयमा मधेशी महिलाहरुको सो पहिचान फेरिदै गएको छ । मधेशी महिलाहरु समेत आय आर्जनका काममा सहभागी हुन् थाले पछी सो पहिचान फेरिन थालेको हो ।
हरियो रंगको धारीमा रातो रंग लगाएकी अमिता साह हास्दै चिया पस्किदै छिन । खपडाको छाना भएको उनको पसलको अगाडि एउटा ठेला लगाइएको छ l सोहि ठेला माथि पसलकै जस्तो आकारमा बिभिन्न परिकार पस्किएको छ l एक छेउमा ग्यास चुल्हो राखिएको छ , करिब एक दर्जन सिसाको गिलास, पुराना प्लास्टिकका डिब्बाहरु र काठको पुरानो काउण्टर छ । काउण्टरमा स्थानिय स्तरमा खाजाको रुपमा खाने मुर्ही र केहि आलुहरु राखिएको छ सो संगै राखिएको छ जेरी र मिठाइका केहि परिकारहरु l चुल्होमा आगो सल्किदै गर्दा उनि पसलकै अर्को कुनामा राखिएको ग्यास चुल्हो बाल्छन । उनि खाजा पकाउन तैयारी गरिरहदा केहि ग्राहक आएपछि उनि चिया पकाउन ग्यास चुल्हो बाल्छिन । पसलमा ग्राहक बस्न केहि ओटा पुरानो प्लास्टिकको कुर्सि र एउटा काठको बेञ्च बाहेक केहि छैन तर पसल नज्दिकै बनेका सार्वजनिक बजार सेटमा ग्राहकहरु वसि उनको चियाको प्रतिक्षामा हुन्छन । विहान ५ बजेको मिर्मिरे उज्यालोबाट नै सुरु हुन्छ अमिताको दिन । घरको सबै काम सकेर पसल पुग्छिन उनि। गुजारा नगरपालिका वार्ड नम्बर ९ सिमरा भवानीपुर बस्ने अमिता दिनभर चिया पकाउने चटारोमा व्यस्त हुन्छिन् । पसलमा हुने दौडधूप छुट्टै छ । एक्लै पसलमा हुदा चिया पकाउने देखि लिएर चिया पस्किने सम्मको जिम्मेवारी समेत उनैको हुन्छ । कहिले काही भन्ने उनकी छोरीले समेत सहयोग गर्छिन । गायत्री मुस्कुराउदै चिया पस्किन छिन l उनको दैनिकी भन्ने आम मधेशी महिलाको जस्तो छैन l आफ्नै श्रीमानसंगै पसलमा काम गर्ने अमिता गृहणी महिलाबाट ब्यापारी महिला बनिसकेकी छिन् l उनि पसलमा बस्न थालेको धेरै समय भएको छैन । उनकी सासुले संचालनमा ल्याएको सो पसल केहि महिना पहिले बन्द हुने अवस्थामा पुगिसकेको थियो । अमिता भन्छिन ” पसलमा श्रीमानलाई सहयोग गर्दा खुसि लागेको छ l मैले पसलमा समय दिन थाले पछि छोरीले पढ्ने पर्याप्त समय पाएको छ l अनि मैले आफै समय दिन थाले पछि पसलको ब्यबस्थापन तथा परिकारको गुणस्तरमा पनि सुधार भएको छ l यसले गर्दा पसलमा आउने ग्राहक पनि बढ्दै छ l ” यस अघि सो पसलमा अमिताको औपस्थितिमा उसको छोरी पुजा काम गर्दै आएका ती l पसलको नाम पनि पुजाको नाम बाटै पुजा खाजा पसल नामाकरण गरिएको हो l अमिता भानुहुन्छ ” पसलको दर्ता समेत गराएको छु l दर्ता भए पछि बिभिन्न संघ संस्थाहरु पनि खाजा लिन थाले पछि कारोवार बढेको छ l अहिले दैनिक २ हजार सम्मको आम्दानि हुने गरेको छ ” l उनि बताउछिन l
शिला चौधरी ३५ बर्षकी भईन l उनि सानो होटल ब्यबसाय संचालन गर्न थालेको करिब एक बर्ष पुग्न लागेको छ l आफ्नै घरमा सानो खाजा पसल संचालन गर्न थालेकी शिला अहिले अहिले बिभिन्न बजारहरुमा समेत जान थालेकी छिन l गुजारा नगरपालिका वार्ड नम्बर ७ पल्टुवा बस्ने शिलालाई बाल संरक्षण परियोजनाको क्रममा सानो ब्यबसाय संचालन गर्न सहयोग उपलब्ध गराइएका थिए l शिला अहिले दैनिक १००० हजार देखि १५ सय रुपैया कमाई रहेको बताउछन l उनले संचालन गरेको पसलमा सामान्य खाजाहरु पाइन्छ l मुर्ही, कचहरी,जेरी,सामान्य मिठाईका परिकारहरु,नमकिन लगायतका सामानहरु उनको पसलमा पाइन्छ l उनि सो परिकारहरु आफै बनाउने गरेकी छिन l सामान्य सहयोगबाट सुरु गरिएको पसलमा उनले बिस्तारै केहि समान समेत जोड्न भ्याएकी छिन l उनले बचत गर्न सुरु गरेको बताउछन l ” अहिले दैनिक कमाएको आम्दानीबाट बचत पनि राख्न सुरु गरेको छु l प्रत्येक दिन २०० रुपैया बचत गर्ने गरेको छु l साथै नियमित कमाइ हुन् थाले पछि छोरी अरुणाको पढाइमा पनि सहजता आएको छ l छोरीको लागि नया नया लुगा किन दिएको छु l उसको विधाला पनि नियमित छ l पढाइ बाहेकको समयमा उनले पसलमा समेत सहयोग गरेको छ ” शिला बताउछिन l पल्टुवा बजारमा हप्ताको दुई दिन बजार लाग्छ l प्रत्येक सोमवार र बिहिवार लाग्ने साप्ताहिक हाट बजारमा शिला नियमित भन्दा फरक तरिकाले पसल संचालन गर्नु हुन्छ l उनि बजार हुने दिनमा दिउसो दुइ बजे पछि चोकमा पुग्नु हुन्छ र त्यहि पसल थाप्नु हुन्छ l बजारको दिन शिलाले २ हजार देखि ३ हजार सम्म पैसा कमाउने गरेको बताउछिन l ” बजारको दिन ग्राहकको विद अरु दिनको तुलनामा धेरै हुन्छ l बजार बिशेष गरि मुर्ही कचरि( प्याजले बनेको एक परिकार) तथा चप्( आलुले बनेको एक परिकार) को बिक्रि धेरै हुन्छ l बजारको दिन पसलमा अरुणाले पनि सघाउछ l ” शिलाले बताइन l शिलालाई पनि बाल संरक्षण परियोजनाकै क्रममा सहयोग उपलब्ध गराइएको हो l शिलाले बित्तिय साक्षरता कक्षा पनि लिनु भएको हो l उनि भन्छिन ” बित्तिय साक्षरता कक्षाबाट पाएको कापीमा दैनिक हिसाबहरु राख्ने गरेका छु l छोरीले हिसाब राख्न सहयोग गर्ने गरेको छ l हिसाब राख्न थाले देखि नाफा नोक्सानको इसाब किताब बुझ्न सजिलो भएको छ ” l

खुद्रा पसल देखि सटर सम्मको यात्रा
मकबुलन खातुनको घर राजापुर नगरपालिकाको वार्ड नम्बर २ फतुवा महेशपुरमा छ । उहाँले खुद्रा पसल सुरु गर्नुभएको करिब दुई वर्ष भयो । मकबुलन र उनका श्रीमान दुवै जना ज्क्ष्ख् संक्रमित हुन् । पसल संचालन गर्नु पुर्व दुबैको दैनिकी निकै कष्टपूर्ण रहेको दुवै जना स्वीकार गर्छन । बिपन्न परिवार त्यसमा पनि ज्क्ष्ख् संक्रमित भएपछी समाजले गरेको हेला सो दम्पतिलाई सहि नसक्नु रहेको मकबुलन बताउछिन । उनलाई आर्थिक रुपमा सवाल बन्नु पर्ने महसुस हुदाहुदै पनि कामको अभावमा उक्त दम्पति बिबस रहेका थिए । मकबुलानालाई पनि गायत्री जस्तै घरमै बसेर पैसा कमाउन मन लाग्यो । उनले श्रीमानसँग कुरा राख्नुभयो । तर, श्रीमान मकबुलनको कुरामा सहमत हुनुभएन । श्रीमानलाई श्रीमतीले पसल खोलेर बस्दा गाउँको मान्छेले के भन्लान, HIV संक्रमित व्यक्तिले पसल चलाउन सक्छ कि सक्दैन भन्ने डर थियो । सोहि समयमा स्थानिय स्तरमा संचालित समान र न्यायिक समाज निर्माणको लागि लैंगिक हिंशा न्यूनीकरण परियोजना अन्तर्गत उनि आवस्यक्तामा आधारित सहयोग पाउन छानिनु भयो ।
उनले पसलको लागि घरकै अगाडि रहेको एक ऐलानी खालि जग्गामा सानो गुमती लिएपछि पसलको संचालनको लागि उनलाई सामाग्रीहरु हस्तान्तरण गरियो । पसल चल्दै गए ,समानहरु थपिदै गयो । श्रीमतीले पसल चलाउने तथा श्रीमानले भारतको बैरगीनिया र चैनपुरबाट सामानहरु ल्याउदै पसल संचालन गएको हो । उनले सो संगै व्यवसाय सम्बन्धी तालिम लिनुभएको थियो । अहिले उनले आफ्नो पसलमा फ्रिज समेत थपि सक्नु भएको हो । उहाँ पसलमा बस्नेमात्र हैन, बेच्न चाहिने सामान पनि आफै ल्याउनुहुन्छ । अहिले सो पसलबाट दैनिक २ हजार देखि ३ हजार सम्मको कमाइ हुने गरेको छ l

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै