ग्राण्ड डिजाइनमा दिपक यादवको उदांगो प्रस्तुती आएको ठहर

   ४ चैत्र २०७९, शनिबार १६:१६  

जनताको सेवा गर्ने सेवकलाई नेता भनिन्छ, नेतामा शालिनता, सहनसिलता, धर्यता भएपछि अनिमात्रै एउटा कुशल नेता बन्न सकिन्छ ।
तर शुक्रवार गरुडा नगरपालिकामा भईरहेको कार्य प्रति असन्तुष्टि जनाउदै आफूलाई नेता भनाउने दिपक यादवद्धारा प्रस्तुत गरिएको उदाँगो चरित्रबाट प्रष्ट भएको छ कि नेताको मुखौटा मुनी अभद्र, अशिष्ट र कहिबाट परिचालित व्यक्तिको रुपमा प्रस्तुत भएपछि सर्वत्र उक्त कार्यको अहिले निन्दा भईरहेका छन् ।
जनताको सेवक भनाउने स्थानीय भिमडावर निवासी दिपक यादव गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट टिकट नपाएपछि “एनी हाउ चुनावमा उम्मेदवारी दिउ” मनसायबाट ललायित भएपछि लोसपाको साइकल छापबाट चुनावी मैदानमा होमियो, सबै भन्दा कम मत पनि पायो, यहाँ सम्मकी आफ्नै गाउँको बुथमा मतदान भईसकेका बाकसलाई तोडफोड गर्न लगाएर रि एलेक्सन पनि गराइयो परिणाम सबैको सामु छलंग भए ।

भनाईको अर्थ नेता बन्नु र चुनाव लड्नु पृथक विषय भएपनि नेता बन्नका लागि त्याग, तपस्या र जनतामा भिजेको व्यक्ति हुनुपर्दछ तर दिपक यादव पैसाको बलमा रातारात नेता बन्ने होडमा नेताको सामान्य सिद्धान्तलाई पालना गर्न नसकी, उन्मादमा मात्तिएर सम्पूर्ण संचारकर्मीहरु माथि अभद्रता प्रस्तुत गरिनुबाट स्पष्ट भएको छ के रौतहट वा देशमा दिपक यादव जस्तो नेता चाहियो कि, हिजै उपराष्ट्रपतिमा निर्वाचित भएका रामसहाय राय यादव जस्ता नेता वा शालिन प्रवृतिका अभिभावक चाहियो भने प्रश्न उठ्नु वा गर्नु अहिलेको मुल विषय बनेको छ ।


भनाईको अर्थ नेता बन्नु र चुनाव लड्नु पृथक विषय भएपनि नेता बन्नका लागि त्याग, तपस्या र जनतामा भिजेको व्यक्ति हुनुपर्दछ तर दिपक यादव पैसाको बलमा रातारात नेता बन्ने होडमा नेताको सामान्य सिद्धान्तलाई पालना गर्न नसकी, उन्मादमा मात्तिएर सम्पूर्ण संचारकर्मीहरु माथि अभद्रता प्रस्तुत गरिनुबाट स्पष्ट भएको छ के रौतहट वा देशमा दिपक यादव जस्तो नेता चाहियो कि, हिजै उपराष्ट्रपतिमा निर्वाचित भएका रामसहाय राय यादव जस्ता नेता चाहियो भने प्रश्न उठ्नु वा गर्नु अहिलेको मुल विषय बनेको छ ।
जनताको हक अधिकारको लागि संयमित भएर सम्बन्धित निकाय समक्ष प्रस्तुत भई भएको गतिविधिलाई जनसमक्ष सार्वजनिक गराउनु पर्ने दायित्व हो, जनताहरुको टडकारो आवश्यक्तालाई पुरा गराउनमा अहोरात्री खटेर उनीहरुलाई अधिकार दिलाउनुपर्ने हो, जनताको आधारभुत मागहरुलाई न्यायोचित ढंगबाट संबोधन गराउनु र उनीहरुको मुहार फेराउनमा मद्दत पुर्याउनु समाजको अगुवाको काम कत्तव्र्य रहने गरिन्छ र त्यसता काम गर्ने गराउनेलाई नेता भनिन्छ ।
सबाल एवं भित्री कुरा बाहिर ल्याउनका लागि उदण्ड शैली, हैकमबाद शैली, संचार क्षेत्रलाई गालीग्लौजको शैली, संचारकर्मीहरु माथि अभद्र टिकाटिप्पणी गराउने कार्य कदापी एक सच्चा नेताको काम कत्तव्र्य हो भने मलाई लाग्दैन । एउटा ले म्यानले समेत यसप्रकारको अभिव्यक्ति दिनबाट आफूलाई जोगाउँछ तर दिपक यादव आफूलाई धेरै पढेलेखेका व्यक्तिको श्रेणीमा राख्दछन् उनको मुखबाट अभद्र, अशिष्ट, अमर्यादित शैली मेयर देखि लिएर संचारक्षेत्र माथि प्रस्तुत हुनुबाट रौतहटमा दिपक यादव जस्तो नेता प्रति संचार क्षेत्र मात्रै नभई समग्रमा यहाँको जनताहरु विश्वास कसरी गर्ने ? प्रश्न उठ्नु स्वभाविकै रहेको तराई टपलाई लागेको छ ।
गरुडा नगरपालिकाको जनताहरु मत दिएर कन्थमुणी प्रसाद जयसवाल नगरप्रमुखको कुर्सीमा विराजमान भएको छ, उनले जनचाहना अनुरुप काम नगरेमा पुन ः गरुडाका नगरवासीले उनलाई अर्को बर्ष त्यस पदबाट हटाएर कुशल एवं योग्य व्यक्तिलाई विराजमान गराउने छ । त्यस कुरालाई सधै जितेका जनप्रतिनिधिहरु राम्ररी बुझ्नुपर्ने छ । अर्को तिर दिपक यादव हिजो प्रस्तुत भएका शैली कदापी सहन योग्य छैनन ।
गरुडा नगरपालिकाका मेयर कन्थमणी जयसवालको घरमा ढुंगामुढा गराएर तोडफोड गर्नु, मेयरले चढने ना १ झ १६७३ नम्बरको गाडीको सिसा समेत तोडफोड गरेको मेयर जयसवालले जानकारी दिएका छन् । एक हुल बोकेका यादवले रौतहटका पत्रकारलाई तथानाम गाली समेत गरेको भिडियो यतीबेला सामाजिक संजालमा भाईरल बनेको छ ।
मेयरको घरमा ढुंगामुडा गरेका यादवलाई प्रहरीले केही बेर पक्राउ गरेर छाडेको थियो । पत्रकारले मेयरसंग रकम लिएर नगरपालिकामा भएको बेथितीको समाचार नलेखेको भन्दै यादवले रौतहटका पत्रकारलाई तथानाम गाली समेत गरेका छन् । उनको भिडियो सामाजिक संजालमा भाईरल बनेपछि उनले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै आफुले समग्र पत्रकारलाई नभएर केही पत्रकारलाई मात्र गाली गरेको स्पस्ट पारेकाछन् । यादवको अभिब्यक्तीका बिरोधमा नेपाल पत्रकार महाँसंघ रौतहट मौन बसेको भन्दै रौतहटका पत्रकारले पत्रकार महाँसंघ बिरुद्धनै समाजिक संजालमा बिष बमन गर्न थालेकाछन् ।
त्यती मात्रै नभई स्वघोषित नेता दिपक यादवले आफू व्यापारी भएको बताउँछन्, के व्यापारीमा पनि दपक यादव जस्तै गुण भएपछि व्यापार चल्छ र ? यो सोचनिय विषय हो । उनको घरका व्यक्तिहरु क्रशर उद्योग संचालन गरेको छ सबैलाई थाहा छ, क्रशर उद्योग कसरी चल्छ सबैलाई थाहा छ, त्यसैको विषयमा समाचार उठान गरियो भने, क्रशरमा कहाँबाट गिटी बालुवा आईरहेकोछ, मापदण्ड प्रयोग छ कि छैनन् त्यसैको खोजतलास गरियो भने पुन ः अर्को तमाशा सुरु हुन्छ । समग्रमा दिपक यादवको प्रस्तुती र संचारक्षेत्र माथिको कुत्सीत नियतबाट आएको अभिव्यक्ति उनको मात्रै नभई मधेश आन्दोलनको वेलामा कमाउने केही नेताहरुबाट ओतप्रोत भई आएको छ ।
हिजोको घटना पछि एकजना मधेशवादी नेता भनाउने सज्जन मित्रले मलाई समेत बेइज्जती गराउने दाउमा थिए । मलाई भन्यो कि दिपक यादवको इन्टरभ्यू लिनु, मैले साफ शब्दमा ति सज्जन मित्रलाई भने मैले कसैको इन्टरभ्यू लिने आवश्यक्ता नै छैन जसलाई पीडा मर्का पर्छ आफै खोज्छ भनेपछि ति मित्र शान्त भए ।
पहिलाको मेयरको समयमा लुछाचुडी गरेर खान पल्केका ति सज्जन मित्रहरुलाई कन्थमुण प्रसाद जयसवालले हुक्का पानी बन्द गरिदिएपछि अहिले छटपटी लागेर विभिन्न बहाना बनाई नगरपालिकामा उदाँगो चरित्र प्रस्तुत गराउनमा पछि नपरेको हिजोको स्थलगत अवस्थाबाट देखियो ।
अर्को तिर इप्रका गरुडाको कमाण्ड सम्हालेका डिएसपी छेदीलाल कामतीको कमजोर प्रशासनीक नीतिको कारण उक्त घटना भएको छ । समग्रमा अहिले जिल्लामा प्रहरी नेतृत्व नै कमजोर भएको हुँदा यसप्रकारको घटना बारम्बार भईरहेको छ चाहे वृन्दावन होस वा अन्य पालिका नै किन नहोस चारै तिर वेथितीले पाराकाष्ठा नाघिसकेको छ । समयमै ध्यान नदिए यहाँ कुनैपनि समयमा घटना दुर्घटना हुन सक्छ जसलाई नियन्त्रण गर्न निकै चुनौती हुनेछ । समयमै सजग भएर यसप्रकारको घटना हुन नदिन यथोचित कदम चाल्नु नितान्त आवश्यक देखिन्छ ।

नेपाल पत्रकार महासंघ रौतहटको कमजोर पक्ष
समान्य विषयमा विज्ञप्ती निकाल्ने नेपाल पत्रकार महासंघ रौतहट शाखा हिजो गरुडाको विषयमा किन मौन बसेको होला ? समग्र रुपमा दिपक यादवले रौतहटका पत्रकारलाई दलाल, व्यक्तिको पत्रकार लगायत अशब्द भाषा प्रयोग गर्दा समेत के सुनेर महासंघका जिम्मेवार पदाधिकारीहरु बसेको होला ? म प्रश्न गर्न चाहन्छु जिल्ला नेतृत्व संग । यदी तपाई जस्ता जिम्मेवार पदाधिकारीहरुमा दम छैन भने राजिनामा दिए हुन्छ, नत्र गरुडामा भएको बिषयलाई जोडदार रुपमा प्रस्तुत भई रौतहटका पत्रकारहरु माथि चौतफी हमला भईरहदा कुनै सकारात्मक कदम चाल्नुस भने आग्रह गर्दछु । साथै कुनै पार्टीको पत्रकार नभई समाज परिवर्तनको सम्बाहक बनेर काम गर्नुस अन्थ्या यो पेशा छाडेर अन्य पेशा रोज्नुस समग्र पत्रकारको बेइज्जती नगराउनुस आग्रह गर्दछु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै