गरुडा नगरपालिका जेठ ९ गते सम्मको लागि बन्द

411 Shares

 

तराई टप संवाददाता
रौतहट, ३१ वैशाख । युवा पत्रकार र युवा व्यवसायीको कोरोना संक्रमणबाट मृत्यु भएपछि गरुडा नगरपालिकाले अत्यावस्यक सेवा बाहेक अन्य सेवाहरु जेठ ९ गते सम्मको लागि बन्द गरेको छन् ।
कोरोना संक्रमणका कारण गरुडाका २ जना प्रतिष्ठित ब्यक्तिहरुको मृत्यु भएसँगै गरुडा नगरपालिकाको कार्यपालिकाको विहिबार बसेको बैठकले शुक्रबार देखि जेठ ९ गतेसम्म नगरपालिका क्षेत्र भित्र रहेका सम्पूण व्यापारिक प्रतिष्ठान सहितका क्षेत्र पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको नगर प्रमुख इन्दु राय यादवले बताए ।
गरुडा युवा समाजसेवी तथा पत्रकार मनोज कुमार चौधरी र उद्योग बाणिज्य संघ गरुडाका उपाध्यक्ष तथा रोमा हस्पिटलका सञ्चालक दिपेन्द्र साहको कोरोना संक्रमणले मृत्यु भइसकेपछि अहिलेको अवस्थामा भिडभाड बजार व्यवसाय संचालन गर्न नहुँने तथा अवस्था सहज भएपछि पून ः संचालन गर्न सकिने आग्रह गर्दै जेठ ९ गते सम्मको लागि गरुडा नगरपालिका क्षेत्र भित्रका सवै व्यापारिक प्रतिष्ठानहरु बन्द गरिएको बताइएको छ ।
अल्पआयुमा नै दुवैको मृत्युले गरुडा नगरपालिकामा ठुलो क्षति पुगेको नगर प्रमुख यादवले बताए । बन्द अवधिमा नगर क्षेत्रमा रहेका औषधी, पेट्रोल पम्प, एम्बुलेन्स, स्वास्थ्य सेवा बाहेक अन्य ब्यापार ब्यवसाय, उद्योगधन्दा, कलकारखाना, निर्माण कार्य, संघसंस्था, बैक, वित्तिय संस्था लगायतका अन्य क्षेत्र पुर्ण रुपमा बन्द रहने गरुडा नगर कार्यपालिकाले एक प्रेश विज्ञप्ति निकालेर जानकारी दिइएको छ ।

 

 

 

सम्बन्धित समाचार