उद्योग वाणिज्य संघ गोडैताको अध्यक्ष हजरा मृत अवस्थामा फेला

   ४ चैत्र २०७९, शनिबार १८:०२  

सर्लाही, ४ चैत । सर्लाहीको गोडैता नगरपालिकामा शनिवार उद्योग वाणिज्य संघ गोडैताको अध्यक्षको बेवारिसे अवस्थामा शव फेला परेको छ ।
गोडैता बजारमा एल्वेष्टरको व्यापार संचालन गर्दै आएको ५० बर्षिय जितेन्द्र हजरा शुक्रवार साँझ देखि वेपत्ता थिए तर शनिवार दिउसो घाँस काट्नेहरुले मृत अवस्थामा शव भेटेपछि प्रहरीलाई खवर गरेपछि उद्योग वाणिज्य संघ गोडैताको अध्यक्ष हजराको शवको रुपमा पुष्टि भएको हो ।
हजराको शव उनको घरदेखि करिव तीन सयमिटर पूर्व–उत्तरमा गोडैता नगरपालिका ८ मा रहेको रहरको बारी भित्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । सर्लाही प्रहरीका प्रमुख एसपी नरेशराज सुवेदीेले प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ, बर्दिवासबाट तालिम प्राप्त कुकुरको मद्दतबाट अनुसन्धान कार्य भईरहेको बताए ।
एसपी सुवेदीले रहर बारी भित्र घोप्टे परेको अवस्थामा हजराको शव फेला परेको, मुखबाट रगत बगेको जस्तो देखिएको हुँदा अनुसन्धान कार्य भईरहेको बताउदै अनुसन्धान पछि के कारण मृत्यु भएको वारे प्रष्ट भएपछि यथार्थ जानकारी दिने स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै