रौतहट, ५ चैत । मेयरका प्रत्यासी रहेका गरुडा नगरपालिकाको स्थायी बासिन्दा दिपक यादवले सार्वजनिक रुपमा रौतहटका पत्रकार अपशब्द प्रयोग गरेर तथानाम गाली गरेको विषयलाई लिएर नेपाल पत्रकार महासंघ रौतहट शाखाले अन्तत ः विज्ञप्ती निकालेका छन् ।
गरुडा नगरपालिका कार्यालय अघि सर्वजनिक रुपमा जिल्लाभरीका पत्रकारलाई तथानाम गाली गर्ने गरुडा नगरपालिकाका मेयर प्रत्यासी यादवलाई सार्वजनिक रुपमा माफि माग्न नेपाल पत्रकार महासंघ रौतहटले चेतावनी दिएका हुन् ।
नेपाल पत्रकार महासंघ रौतहटका सचिव मदन ठाकुरले अन्तत ः शनिवार साँझ बिज्ञप्ती सार्वजनिक गर्दै मेयरका प्रत्यासी दिपक यादवलाई माफि माग्न चेतावनी दिए । यादवले गरुडा नगरपालिकामा आफन्तलाई जागिर नदिएको झोकमा मेयर कन्थमणी जयसवालको घरमा ढुंगामुडा गर्नुको साथै नगरपालिकाको गाडी मेत तोडफोड गरेका थिए । उक्त कार्यमा यहाँका पत्रकारहरु उनलाई नसघाएको तथा सत्तामुखी भएर काम गरेको आरोप लगाउदै तथानाम सार्वजनिक रुपमा गाली गलौज गरेर बेइज्जती गरेको कार्यप्रति चौतफी रुपमा महासंघ माथि दवाव आएपछि बाध्य भएर सचिव ठाकुरले सामान्य विज्ञप्ती निकालेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन