रौतहट, ५ चैत । वृन्दावन नगरपालिकाको नगरप्रमुख सहितका पदाधिकारीहरु माथि ढुंगामुढा गर्न खोज्दा प्रहरीले सामान्य बल प्रयोग गर्नुपरेको छ ।
नगरपालिका भित्र रहेका विभिन्न विषयलाई लिएर बसेको कार्यपालिका बैठक बिना निष्कर्ष स्थगीत गरेर मेयर विनोद कुर्मी, उपमेयर, वडाध्यक्षहरु कार्यालयबाट बाहिरीने क्रममा विरोध गर्दै आएका ४ जना वडाध्यक्ष सहितका समर्थकहरुले घेरा हालेर ढुंगामुढा गर्न खोज्दा सुरक्षामा तैनाथ रहेका सुरक्षाकर्मीहरु निकै सम्झाई बुझाई गर्दा पनि उनीहरु नमानेपछि प्रहरीले सामान्य बल प्रयोग गर्दै एक राउण्ड टियर ग्यास फायर गरेर अवस्थालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी छेदीलाल कामतीले जानकारी दिए ।
आईतवार दिउसो ४ बजेको समया कार्यपालिकामा सहमती नभएर अर्का सुचना सम्मको लागि स्थगीत भएर उनीहरु बाहिर निस्कने क्रम घटना भएपछि प्रहरी निकै संयमता अपनाउदै कुनै अप्रिय घटना हुन नदिई अवस्थालाई सामान्य बनाएको डिएसपी कामतीले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन