रौतहट, ६ चैत । रौतहटको वन क्षेत्रमा जंगली हात्ती आक्रमण परेर एक महिलाको मृत्यु भएको छ ।
रौतहटको चन्द्रपुर स्थित धन्सार वन क्षेत्रको जंगलमा घाँस काटन गएकी एक महिलाको सोमवार जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
सोमबार बिहान साढे ९ बजेको समयमा घाँस काटन गएकी चन्द्रपुर नगरपालिका वाड नं ४ बस्ने ४९ बर्षिया मिना मगरको हात्तीको आक्रमण बाट मृत्युु भएको छ ।
जंगली हात्तीको आक्रमणबाट मगरको घटना स्थल मै मृत्युु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगहपुरले जनाएको छ । हातिको आक्रमण पछि घटनास्थलमा डिभिजन वन कार्यालय चन्द्रपुरका प्रमुख सुनिल कुमार कर्ण, ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक ठाकुर प्रसाद सापकोटा लगायत पुगेर अवस्था बुझे ।
मगर संगै घाँस काट्न गएकाहरुले भागेर ज्यान जोगाएको बताएका छन । रौतहटको वन क्षेत्रमा हरेक बर्ष घाँस काट्ने वा अन्य कामले जाँदा जंगली हात्तीले मानिस मार्ने गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन