हरिपूर्वा नगरप्रमुखको कदम विरुद्ध एमाले र माओवादी संघर्षमा

112 Shares

सर्लाही, ६ चैत । सर्लाहीको हरिपूर्वा नगरपालिकाको नगरप्रमुखको गलत कदमविरुद्ध विभिन्न राजनीतिक दलले आन्दोलन सुरु गरेका छन् ।
नौ बुँदे माग राख्दै मेयरको कदम विरुद्धमा गठन भएको सर्वदलिय संघर्ष समितिले आन्दोलन सोमवार देखि संघर्ष सुरु गरेका हुन् । समितिले हरिपूर्वा बजार र यातायात ठप्प पारे ।
नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलले नगरप्रमुख विनोद साह तेलीको विरुद्धमा आन्दोलन सुरु गरेका हुन् । उनीहरुले आइतबार बजार क्षेत्रमा नाराबाजी गर्दै कोण सभा गरेका थिए । नगरपालिकाको प्रशासनिक भवन हरिपूर्वा बजारमा रहेको मठको जग्गामा बनाउन लागिएको भन्दै एमाले, माओवादी लगायत दलले सर्वदलिय संघर्ष समितिको नाम दिएर आन्दोलन सुरु गरेका छन् ।
एमालेका स्थानीय नेता विकाउ यादवले नगरपालिकाको आफ्नै जग्गा हुँदाहुँदै मठको जग्गामा प्रशासनिक भवन बनाउन लागिएकोमा आफूहरुको आपत्ति रहेको बताए । अहिले भाडाको घरबाट सञ्चालन भइरहेको नगरपालिकालाई प्रशासनिक भवन निर्माण गर्न गत वर्ष एक जग्गादाताले १२ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए । त्यसमा नबनाएर मठको जग्गामा बनाउन लागिएकोमा आपत्ति जनाए ।
नगरप्रमुख र उनी निकटका मानिसले सडकमा परेको घर नभत्काउँदा हरिपूर्वा बजार क्षेत्रमा बाँके–सङ्ग्रामपुर सडक निर्माण हुन नसकेको आरोप लगाउँदै यो समस्या समाधान गर्न माग गरिएको छ । संघर्ष समितिले केश्वर गरिब जनता माध्यमिक विद्यालयको जग्गा खोजी हुनुपर्ने, प्रहरी चौकी हरिपूर्वा पनि प्रहरीको आफ्नै जग्गामा बनाउनु पर्ने माग अघि सारेको छ ।
हरिपूर्वा नगरपालिकाका प्रमुख विनोद साह तेलीले भने नगरपालिकाको प्रशासनिक भवन निर्माण नहुञ्जेल मठको जग्गामा टहरा निर्माण गरी विषयगत शाखाहरु राख्न लागिएको बताए । उनले सर्वदलिय संघर्ष समितिले अनावश्यक आन्दोलन गरेर अराजकता निम्त्याउने काम गरेको आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।