धनगढी, ७ चैत । कैलालीमा टयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको र २८ जना घाइते भएको छ ।
जोशीपुर गाउँपालिका वडा नं. ७ का हजारीबारामा सोमबार राति से १ त ८८७० नम्बरको टयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले टयाक्टरमा सवार भजनी नगरपालिका वडा नं. ९ बस्ने १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिलरानी चौधरीको मृत्यु भएको जानकारी दिए ।
दुबै जनाको मृत्यु उपचारका क्रममा घोडाघोडी अस्पताल सुखडमा भएको र दुर्घटनामा परेर घाइते भएका भजनी नगरपालिकाका १६ जनाको घोडाघोडी अस्पताल र १२ जनाको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको डीएसपी चन्दले बताए ।
जोशीपुरमा आफन्तकोमा पास्नीको भोज खाएर भजनी नगरपालिका वडा नं. ९ कुणितर्पm फरिकदै गर्दा उनीहरु ट्याक्टर दुर्घटनामा परेका छन् । ट्याक्टर चालक सुरज चौधरी फरार भएका हुन् । दुर्घटनाको कारण भने खुलेको छैन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन