उपनिर्वाचनको लागि निर्वाचन आयोगले दल दर्ता आहवान गरे

   ७ चैत्र २०७९, मंगलवार १३:२५  

काठमाडौं, ७ चैत । आगामी वैशाख १० गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले दल दर्ता आहवान गरेको छ ।
प्रतिनिधि सभा सदस्य पदको लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आहवान गरेको हो ।
आयोगले सूचना जारी गर्दै बुधबार देखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको जनाए । आगामी वैशाख १० गते, तनहुँ–१, बारा–२ र चितवन–२ मा प्रतिनिधि सभा सदस्यको लागि उपनिर्वाचन हुँदै छन् ।
तनहुँ–१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ का रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेका हुन् ।
चितवन–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि उपनिर्वाचन हुने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै