66
Shares
विरगंज, ७ चैत । बाघले ठोरीका एक किसानको गोठ रित्याएको छ ।
सोमबार राति ११ बजे ठोरी–४, घ्याङडाँडाका किसान मिकमार लामाको गोठमा बसेको हो ।
बाघले १ ओटा पाडा र ६ ओटा बाख्रा मारेको लामाले बताए । लामाको घर र गोठ ठोरी गाउँपालिका कार्यालयको अगाडि छन् ।
राति घरमा सुतिरहेको बेलामा अचानक बाघ गोठमा प्रवेश गरेको थियो । बाघले पाडालाई आक्रमण गर्ने बित्तिकै लामा दम्पतीले बोलाए । त्यसपछि उनीहरूले हारगुहार गरेर गाउँलेलाई बोलाएका थिए ।
स्थानीयले बाघ धपाउन नसकेपछि नेपाली सेना, सशस्त्र प्रहरी, पर्सा राष्ट्रिय निकुन्जका कर्मचारीहरु लगायतको सहयोगले बिहान ४ बजेमात्र बाघलाई जङ्गल तर्फ धपाइएका हुन् ।
बाघको आक्रमण बाट १ लाख भन्दा बढीको क्षति पुगेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन