आज घोडे जात्रा पर्व मनाइदै

   ७ चैत्र २०७९, मंगलवार १३:२८  

काठमाडौं, ७ चैत । चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व मंगलवार विभिन्न कार्यक्रम आयोजना गरी काठमाडौंमा मनाउँदै छ ।
जनविश्वास अनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकाहरुलाई खाने गरेको थियो ।
यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।
शहरका कुनै पनि बालबालिकाहरु माथि खतरा नहोस भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापा बाट खतरा नहुने विश्वास राजधानीवासीमा छन् ।
ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । यस अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै