सुनको मूल्य तोलामा ५ सय र चाँदीको मुल्य १० रुपैयाँ बढे

काठमाडौँ, ७ चैत । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मुल्य तोलामा १० रुपैयाँ बढेको छ ।
आज छापाबाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३ सय कायम भएको हो ।
सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ३ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८ सय कायम थियो ।
सोमबार चाँदीको मूल्य तोलामा १ हजार ३ सय ३० रुपैयाँ थियो । आज १ हजार ३ सय ४० रुपैयाँ पुगेको छ ।