आँचल शर्माले आफ्नो जन्मदिन मनाएकी भिडियो सामाजिक सञ्जालमा शेयर गरिन्

काठमाडौँ, ७ चैत । अभिनेत्री आँचल शर्माले आफ्नो जन्मदिन मनाएकी छिन् । उनले जन्मदिनमा मनाएको भिडियो सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।
भिडियोमा उनले काटेको केकमा २५ वर्ष लेखिएको हो । उनको २५ वर्ष पूरा भएर २६ लागेकी छिन् ।
केकको आधारमा उनको उमेर भने मिल्दैन किनभने उनले वि.सं २०७५ साल चैत्रमा फिल्म ‘दाल भात तरकारी’ को टिमसँग २२ औँ जन्मदिन मनाएकी थिइन् । सोही कुरो आधार मान्ने हो भने पनि उनले अहिले २६ औँ जन्मदिन मनाउनुपर्ने हो ।
उनले परिवार र आफन्तसँग भने २५ औँ जन्मदिनको केक काटेकी छिन् । नेपाली फिल्मका नायिकाहरू आफ्नो उमेर लुकाउन माहिर मानिन्छन् । उनले त्यसैले उनले २५औँ जन्मदिनको केका काट्नु कुनै नौलो भने होइन ।
‘नाई नभन्नु ल ४’ बाट नेपाली फिल्म अभिनयमा डेब्यु गरेकी आँचल पछिल्लो समयकी व्यस्त अभिनेत्री हुन् । उनी अभिनीत फिल्म फिल्म झिँगे दाउ’ कहीँ पहिले रिलिज भएको थियो ।