गणेश भट्ट अभिनित मैसाब गीतको म्युजिक भिडियो सार्वजनिक

   ७ चैत्र २०७९, मंगलवार १३:३१  

काठमाडौं, ७ चैत । चर्चित मोडल गणेश भट्ट अभिनित मैसाब गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
शिवजी डान्स सेन्टरले तयार पारेको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो । सुमन परियार र सुनिता हमाल ठकुरीको स्वरमा रहेको गीतमा रमेश विजीको शब्द रहेका छन् ।
शिवजी क्षत्री निर्देशित गीतको म्युजिक भिडियोमा भट्टलाई पछिल्लो समयकी चर्चीत मोडल अस्तिता रनपालले साथ दिएकी छिन् । शिवजी डान्स सेन्टरका निर्देशक समेत रहेका क्षत्रीले गीतको कथावस्तु नविन रहेको र यसमा आफूहरूले ठूलो मिहिनेत गरेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै