छत्रकोट गाउँपालिकाले क्रिकेट खेलाडी अर्जुन कुमारलाई सम्मान गरे

   ७ चैत्र २०७९, मंगलवार १३:३३  

गुल्मी, ७ चैत । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले क्रिकेट खेलाडी अर्जुन कुमारलाई सम्मान गरेको छ ।
१९ वर्ष मुनिको नेपाली राष्ट्रिय क्रिकेट टिमको सदस्य रहेका अर्जुन कुमारलाई गृह जिल्ला गुल्मीको छत्रकोट गाउँपालिकालले नगदसहित सम्मान गरेको हो ।
अर्जुन कुमारलाई गाउँपालिकाले नगद ५० हजार सहित सम्मान पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै