बालकलाई ठक्कर दिई मारेको आरोपमा वडाध्यक्ष पक्राउ

   ३१ बैशाख २०७८, शुक्रबार १५:१७  

तराई टप संवाददाता
वरहथवा, ३१ वैशाख । बालकलाई ठक्कर दिई फरार भएका सर्लाही बरहथवा नगरपालिको एक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वरहथवा नगरपालिका वडा नम्वर १३ का वडाध्यक्ष जयनारायण यादव लाइ प्रहरीले विहिवार नियन्त्रणमा लिएको छ । गत बैशाख २५ गते बरथवा नगरपालिका –३ भित्री सडक खण्डमा वडाध्यक्ष यादवले चलाएको बिआर३०एस ९२४५ नम्बरको भारतीय मोटरसाइकलले स्थानीय अन्दाजी चार वर्षीय बालक आदित्य महतोलाई ठक्कर दिदा उनको मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय बरथवाका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले फरार रहेका वडाध्यक्ष यादवलाई बिहीबार पक्राउ गरी मलंगवा अदालतबाट ६ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै