.zoom app zoom meeting joining 2013 - zoom meeting joining 2013 via zoom app download zoom client download for pc - zoom client download for pc zoom connection issues on pc - zoom connection issues on pc zoom studio download

कोरोनाबाट थप ६ को मृत्यु, मृत्यु हुनेको संख्या ३६ पुग्यो, ७३ जनाले कोरोनाको जंग जिते

   ३१ बैशाख २०७८, शुक्रबार १७:३६  

तराई टप संवाददाता
रौतहट, ३१ वैशाख । कोरोना संक्रमित भएर थप ६ जनाको मृत्यु भएको छ । कोरोनाबाट संक्रमित भई मृत्यु हुनेको संख्या रौतहटमा ३६ पुगेका छन् ।
कोरोनाबाट संक्रमित भएर गौरमा उपचार गराईरहेका ३ र बाहिरी जिल्लामा उपचार गराईरहेका ३ गरी ६ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको हो ।
पछिल्लो २४ घण्टामा पिसिआर प्रविधि १३० र एन्टिजोन प्रविधिबाट १७ जनाको परिक्षण गर्दा ४३ जनामा कोरोना संक्रमित भएको पुष्टि भएका छन् । आज सम्म संक्रमित संख्या ६३९ जना रहेको जस मध्ये ७३ जना निको भईसकेको छ । २१ जनाको मृत्यु भइसकेको छ । अहिले सक्रिय संक्रमितको संख्या ५४५ रहेका मध्ये ५१९ जना होम आइसोलेसनमा रहेको २२ जना साधारण उपचारको क्रममा अस्पतालमा तथा ४ जना बाहिरी जिल्लामा उपचार गराइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
अन्य जिल्लाको सरकारी एवं निजी क्षेत्रमा संचालित कोभिड अस्पतालमा मर्नेको संख्या १५ रहेको हुँदा कोरोना संक्रमित भई रौतहट जिल्लाको ३६ जना नागरिकको मृत्यु भईसकेको जानकारी दिदै कोरोनाको दोश्रो भेरियन्टबाट धेरै मानिसहरु विरामी परिरहेको अवस्थामा घरबाहिर विना कामको ननिस्कन आग्रह गरे ।
शुक्रवार राति १२ बजे देखि लागु भईरहेको दोश्रो चरणको निषेधाज्ञालाई पूर्ण रुपमा पालना गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरी कडाई साथ लाग्ने भएको हुँदा सुरक्षित भई घरमै बस्न रौतहटबासी संग अपिल गरे । यदी निषेधाज्ञा उलंघन गरेको पाइएमा संक्रामक ऐन २०२० एवं स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने समेच चेतावनी प्रजिअ यादवले दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै