155
Shares
चितवन, ७ । नवलपरासीका एउटा व्यक्तिको साप्राबाट तीन किलोको टयुमर निकालिएको छ ।
विगत ५ वर्षदेखि बढ्दै गएको उक्त टयुमरको गत शुक्रबार शल्यक्रिया गरी निकालिएको हो ।
कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालका डा. नारायण बेलबासी नेतृत्वको चिकित्सक टोलीले ५९ वर्षीय पुरुषको साप्राबाट उक्त टयुमर निकालेका छन् ।
डा. निश्चित श्रेष्ठ, डा.विनय तिमिल्सिना, एनेस्थेसियोलोजिष्ट डा. राजेश यादव सहितको टोलीले सफल शल्यक्रिया गरेका हुन्े ।
डा. निश्चल श्रेष्ठका अनुसार उक्त पुरुषको देब्रे साप्रोमा ठुलो टयुमर देखिएको थियो । आफूहरूले खुट्टामा यति ठुलो टयुमरको शल्यक्रिया गरेको यो पहिलो घटना भएको श्रेष्ठले बताए ।
यस्ता खाले ट्युमर बढ्दै गएपछि हेर्दा नराम्रो देखिने, दुख्दै जाने समस्या आउने उनको भनाई छ । बिरामीको अवस्था सुधार हुँदै गएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन