आज चैत ७ गते अर्थात गौर हत्याकाण्डको १६ वर्ष

288 Shares

रौतहट, ७ चैत । आज चैत ७ गते अर्थात गौर हत्याकाण्डको १६ बर्ष पुगेको छ ।
रानीतिक इतिहासमा सबैभन्दा कलंकित दिनको रुपमा लिएको गौर हत्याकाण्ड दुई राजनीतिक दल बीचको भए को तनाव थिए तर त्यसको पर्दा पछाडी विभिन्न शक्तिहरुको संलग्नता उक्त नरसंहार भएको थियो ।
२०६३ साल चैत्र ७ गते मधेशी जनअधिकार फोरम र माओवादी बिच सदरमुकाम गौरको राइस मिल्सको चौरमा भएको झड्पमा माओवादीका २७ कार्यकर्ताले ज्यान गुमाउनु परेको थियो ।
गौर नरसंहार भएको आज १६ वर्ष पुगेको छ, यत्रो जना माओवादीका नेता एवं कार्यकर्ताहरु मारिए तर तिनीहरुलाई आजको दिन गौरमा सम्झिने कोही भएनन् । रौतहट सदरमुकाम गौरमा रहेको राइस मिलको चौरमा २०६३ साल चैत ७ गतेका दिन तत्कालिन मधेशी जनअधिकार फोरमको निर्धारित कार्यक्रमलाई प्रभावित पार्न बनाइएको मञ्चको विपरित दिशामा नेकपा माओवादी मञ्च बनाएर कार्यक्रम गर्न थाल्दा सुरु भएको झडपले विकराल रुप लिदा २७ जनाको ज्यान गएको थियो ।
एकै स्थानमा दुई पक्षको आमसभा हुने भएपछि दुवै पक्षले शक्ति प्रदर्शन गर्दै व्यापक कार्यकर्ता उतारेका थिए । नगर परिक्रमा पछि मञ्चमा पुगेको माओवादी समूह र फोरमका कार्यकर्ताहरुको समूहले एक अर्काको मञ्च भत्काउन थालेपछि झडप शुरु भएको थियो ।
गौर राइसमिलको उतर पट्टि माओवादी र दक्षिण पट्टि फोरमले कार्यक्रमको लागि मंच बनाएका थिए । १६ बर्ष अघि भएको मानविय त्रासदीबाट गौर मात्रै नभई सिंगो देश नै स्तब्ध बनेको थियो ।
गौर राइसमिल चौर स्थित माओवादी समर्थित मधेसी राष्ट्रिय मुक्ति मोर्चार्को मञ्च वरीपरी नै ५ जना कार्यकर्ताहरुको हत्या भएको थियो । गोली लागि घाइते भएकाहरुलाई लाठी, फट्टा र खुकुरीद्वारा निर्मम ढंगले प्रहार गरियो । त्यसैगरी तत्कालिन हजमनिया हाल राजदेवी नपाको बौधिमाई मन्दिर नजिकै भएको थियो ।
गौरबाट करिब पाँच किलोमिटरको दूरीमा रहेको सो स्थानमा पूर्व र्सलाही तर्फभाग्दै गरेका माओवादीका कार्यकर्ताहरुलाई फोरमका कार्यकर्ताहरुले बागमती नदीबाट कब्जा गरेर ल्याई ‘माओवादीलाई बलि दिनुपर्छ’ भन्दै सामूहिक रुपमा ११ जनाको नृशंस हत्या गरेका थिए । उक्त घटनामा हत्या गरिएका रेखा परियार, उषा थापा र सरस्वती उप्रेतीको आगो लगाएर हत्या गरिएको थियो ।
त्यसैगरी गौर बजारभित्रै रौतहट गेष्ट हाउस नजिक रहेको एउटा फुसको घरमा लुकी बसेका माओवादीका कार्यकर्ताहरुलाई बाहिर थुती मारिएको थियो ।
यसैगरी गौरबाट करिब एक किलोमिटरको दूरीमा रहेको लक्ष्मीपुर गाउँमा रमाकान्त चौधरीको हत्या गरेर बाँसघारीमा फालिएको अवश्थामा शव फेला परेको थियो ।
यस्तै तत्कालीन नेपाली सेनाको भद्रकाली गण रहेको स्थान नजिकको सिर्सिया र मुडवलवाको चौरछेउ अन्य तीन जनालाई मारिएको थियो । अर्को एक जना मोर्चाकार्यकर्तालाई राष्ट्रिय वाणिज्य बैंकको नजिकै हत्या गरी नालामा फालिएको अवस्थामा शव फेला परेको थियो ।
विश्वमै चर्चित बनेको यो नरशंहारको घटना पछि माओवादीका शिर्ष नेताहरु गौर आएर मारिएकाहरुको काठमाण्डौमा सामुहिक दाहसंस्कार गरेका थिए ।
हाल जसपाका अध्यक्ष रहेका तत्कालीन मधेशी जनअधिकार फोरमका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको योजनामा उक्त हत्याकाण्ड भएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता भएको थियो । तर मुद्दा अहिले विचाराधीन अवस्थामा रहेकोले पछिल्लो समय न्यायका लागि पीडितहरुले सरकारलाई गुहार्दै आएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले यस घटनामा संलग्नहरुलाई कारवाही गर्नु पर्ने प्रतिवेदन सार्वजनिक गरेपनि दोषीहरुलाई कारवाही हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।