रौतहटको दुई पालिकामा व्यापक आर्थिक अनियमितता भएको भन्दै आन्दोलन तिव्र

98 Shares

प्रेमचन्द्र झा
रौतहट, ८ चैत । जिल्लाको दुई पालिकामा आर्थिक अनियमितता भएको भन्दै सूचनाको हकको माध्यमबाट सूचनाको माग गर्दै आन्दोलन भई रहेका छन ।
गरुडा नगर पालिकामा प्रमुख पदका उमेदवार ३ दिन देखि आमरन अनसन बसि सुचना पाउनका लागि आन्दोलन गरिरहेका हुन् । अनसन बसेका दिपक यादवले स्थानीय प्रभावशाली व्यत्तित्व तथा राजनीतिकर्मिको समर्थन पाई रहेका छन । अनसन बसेका यादवको स्वास्थ्य अवस्था कमजोर हुन थालेपछि सोहि नगरपालिकाका नगर प्रमुख कन्त मणि प्रसाद जयसवालले अनसन स्थलमा यादवलाई भेटी अनसन तोडन आग्रह गरेका छन । नगरप्रमुख जयसवालले नगरबासीको चाहना अनुसार काम गर्ने प्रतिबद्धता गरेका हुन । सोही अनसन स्थलमा गई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुदेव झाले यादवलाई भेटी तपाईले मागे जतिको सबै सुचना दिने प्रतिवद्वता गर्दै अनसन तोडन आग्रह गरेका छन । यादवलाई गरुडा नगरपालिकाका उपप्रमुख पुनम चौधरीले भेटी नगरप्रमुख जयसवालले गरेको आग्रह अनुसार अनसन तोडन अनुरोध गरेका थिए । आफुले मागेको १२ बुन्दे सुचना नपाए आमरन अनसन बाट टसमस नहुने, बरु प्राण त्याग्ने यादवले बताए । अर्को तिर वृन्दावन नगरपालिकामा माग गरे अनुसारको सुचना पाउं भन्दै रिले अनसन शुरु गरेका छन । नगर प्रमुख विनोद पटेल कुर्मिले थोरै समयमा धेरै भ्रष्टाचार गरेको आरोप समेत लगाएका छन । नगरप्रमुख प्रत्यासीहरु र केही निर्वाचित वडाका अध्यक्षहरु एकजुट भई रिले अनसन बसेका हुन । विभिन्न कर्मचारीको नाममा करिब आठ करोड रुपैया पेश्की लिई भ्रष्टाचार गरेको आरोप लगाउदै नगरप्रमुख प्रत्यासि तथा नेपाली कांग्रेसका नेता राम स्नेही यादव, नगर प्रमुख प्रत्यासी तथा नेकपा एमालेका नेता प्रेम शंकर प्रसाद यादव, नगर प्रमुख प्रत्यासी तथा नेकप माओवादी केन्द्रका नेता राम प्रसाद पटेल , नगर प्रमुख प्रत्यासि तथा जनता समाजवादी पार्टीका नेता शेख हकिम, नगर प्रमुख प्रत्यासि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पवन यादव , रिले अनसन बसेका छन् । वडा नम्बर २का अध्यक्ष सिकिन्द्र पटेल ,वडा नम्बर ३ का अध्यक्ष हरिनारायण साह , वडा नम्बर ४ का अध्यक्ष श्याम नन्दन प्रसाद यादव र वडा नम्बर ५ का अध्यक्ष फेकन दास सहितका निर्वाचित वडा सदस्यहरु रिले अनसन बसि रहेका छन । नगर प्रमुख विनोद पटेलले चैत्र ०६ गते बोलाएको कार्यपालिका बैठकमै ४ जना वडा अध्यक्षले होहल्ला गर्न थाले पछि बैठक स्थगित गर्नु परेको थियो । बैठक स्थल वृन्दावन नगरपालिका कार्यालयबाट नगरप्रमुख विनाृद पटेललाई सुरक्षित घर पुर्याउन प्रहरीले निकै बल प्रयोग ग्रनको साथै जनता माथि एक सेल आशु ग्यास पडकाएका थिए । नगरप्रमुखले कार्यपालिका बैठकमा झेल्नु परेका समस्यालाई उदृत गर्दै प्रेस विज्ञ्पति निकालि सुचना दिन असमर्थता दर्शाए पछि सुचना मागकर्ता आन्दोलित भएका छन । पुर्व नगर प्रमुख राम स्नेही यादव , नगरप्रमुख पदका उमेदवारद्वय प्रेमशंकर प्रसाद यादव र रामप्रसाद पटेल र तथ वडा अध्यक्ष ४ जना सिकिन्द्र पटेल, हरिनारायण साह,श्याम नन्दन यादव र फेकु दासले २०७९ चैत्र १४ गते संयुक्तरुपमा निवेदन दिई १७ वुन्दे सुचना माग गरेका थिए । सोही बमोजिमको सुचना नपाए सम्म आन्दोलन जारी राख्ने पुर्व नगर प्रमुख राम स्नेही यादवले बताए ।सुचना दिन अझै ढिल्ला सुस्ति गरे आमरण अनसन गर्ने चेतावनी समेत दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।