95
Shares
काठमाडौं, ८ चैत । बंगलादेशमा भइरहेको साफ यू–१७ महिला च्याम्पियन सिपमा नेपालले आफ्नो दोस्रो खेल भुटान सँग खेल्दैछ ।
नेपाल र भुटान बीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार बेलुका ७ बजे सुरु हुनेछ ।
पहिलो खेलमा भारतसँग ४–१ ले पराजित भएको नेपालको लागि उपाधिको सम्भावना कायम राख्न आजको खेल जित्ने अवस्था छ ।
भुटान पहिलो खेलमा घरेलु टोली बंगलादेश सँग ८–१ ले पराजित भएको थियो । पाँच राष्ट्र सम्मिलित प्रतियोगितामा युरोपियन राष्ट्र रुस समेत सहभागी भएको हो ।
रुसले आज घरेलु टोली बंगलादेश सँग पहिलो खेल खेल्दैछ र यो खेल दिउँसो ३ बजे सुरु हुनेछ । यसअघि गत नोभेम्बरमा यू–१५ फर्मयाटमा भएको च्याम्पियन सिपमा नेपालले उपाधि जितेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन