जनकपुरधाम, ८ चैत । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुरधाममा अन्तर्राष्ट्रिय रंगशालालाई सुविधा सम्पन्न बनाउने प्रदेश सरकार लागिपरेको बताएको छ ।
बुधबार जनकपुरधाम उपमहानगपालिका वडा नं. १४ रजौलस्थित निर्माणाधिन रंगशालाको निरीक्षण अवलोकन गर्दै मुख्यमन्त्री यादवले सो कुरा बताएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको अनुदान स्वरूप भारतीय १ सय करोड़ सँग प्रदेश सरकारको तर्फबाट थप १ सय करोड़ रंगशाला निर्माणका लागि दिने घोषणा समेत उनले गरेका छन् ।
निरीक्षणको क्रममा मधेश प्रदेशका सांसद दीपेन्द्र ठाकुरले रंगशाला निर्माणको लागि आफूले हरतरहले काम गर्न लागिपरेको उल्लेख गरेका हुन् ।
निरीक्षणको क्रममा यस रंगशाला निर्माण तथा त्यहाँ मेयर क्रिकेट कपको प्रयोगिता आयोजनाका लागि शुरुदेखि नै सहयोग गर्दै आएका जनकपुरधाम उप–महानगरपालिकाका मेयर मनोज साह प्रदेशसभा सदस्य शेष नारायण यादव, जिल्ला प्रहरी कार्यालयका प्रमुख, विभिन्न वार्डका वड़ा अध्यक्षहरु ,युवा तथा खेलकूद प्रेमी, रजौल सेवा समितिका पदाधिकारीहरुको लगायतको सहभागिता रहेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन