वासिंगटन, एजेन्सी । आतंकबादी गतिविधि एशिया र अफ्रिकामा बढ्दै जाँदा भारतले चिन्ता व्यक्त गरेको छ ।
संयुक्त राष्ट्रसंघमा भारतीय प्रतिनिधि रुचिरा कम्बोजले एसिया र अफ्रिकामा आतंकवादी गतिविधि बढ्दै गएकोमा चिन्ता व्यक्त गरेकी हुन् ।
राष्ट्रसंघको राजदूतस्तरीय प्रतिआतंकवाद ब्रिफिङलाई सम्बोधन गर्दै उनले आतंकवादले विश्व सुरक्षालाई खतरा उत्पन्न गरेको भन्दै यसको निवारणका लागि भारत तत्पर रहेको समेत स्पष्ट पारिन् ।
पूर्ण रुपमा आतंकवाद निवारण नभएसम्म भारत चुप लागेर नबस्ने उनले बताइन ।
उनले आतंकवादी गतिविधि निवारणका लागि पछिल्ला केही वर्षयता भारतले राष्ट्रसंघीय प्रतिआतंकवाद कार्यालयलाई २० लाख अमेरिकी डलर योगदान गरेको स्मरण गर्दै उनले यसलाई निरन्तरता दिने समेत बताइन् ।
भारतीय समाचार संस्था एएनआईका अनुसार विश्वव्यापी प्रतिआतंकवाद रणनीतिमा सबै मुलुकको सहभागिता रहनुपर्नेमा पनि जोड दिइन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन