hack zoom app zoom meeting login join vmware zoom download zoom app for online classes download zoom troll app download

१२ थान मोवाइल बरामद

   १ जेष्ठ २०७८, शनिबार १६:४९  

तराई टप संवाददाता
रौतहट, १ जेठ । नेपालमा लकडाउन लागेको समयमा भारतीय सिमामा कडा निगरानी गरिएतापनि चोरबाट भएर नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिले सुरक्षाकर्मीले लखेट्दा छाडिएको झोलाबाछ दुई लाख पचार हजार मूल्य बराबरको मोवाइल बरामद गरिएको छ ।
इशनाथ नगरपालिका ४ लतमरी भएर नेपाल प्रवेश गर्न खोज्ने एक जना युवकलाई डिउटीमा खटिएका नेपाल प्रहरीले लखेटेपछि बोकेको झोला फालेर भारत तिर भागेका थिए । प्रहरीले नियन्त्रणमा लिएको उक्त झोलामा रेडमी कम्पनीको १२ थान मोवाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
बरामद गरिएको मोवाइलको बजार मूल्य दुई लाख पचास हजार रहेको जानकारी दिदै रौतहट प्रहरीका एसपी सिद्धिविक्रम शाहले उक्त मोवाइललाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा दाखिला गराइएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै