पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु, ३७ जना संक्रमित, रिकोभरी शुन्य

   १ जेष्ठ २०७८, शनिबार १७:२५  

तराई टप संवाददाता
रौतहट, १ जेठ । पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमित विरामीको मृत्यु भएको छ भने ३७ जनामा कोरोना पुष्टि भएको छ ।
रौतहट सरदरमुकाम गौर स्थित अस्पतालमा रहेका ल्यावमा पिसिआर परिक्षण गर्दा ३३ जनामा कोरोना पुष्टि भएको हो भने एन्टिजेन परिक्षणमा ४ जना गरेर ३७ जना कोरोना पोेजेटिभ आएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । गौरको कोभिड अस्पतालमा उपचार गराइरहेका मध्ये ५ जना र बाहिरी जिल्लामा उपचार भईरहेका ५ जना गरेर पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको जनकारी दिदै प्रजिअ यादवले एकै दिन १० जना मरेको रेकर्ड थिएन ।


कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या यहाँ ४६ पुगेको छ । ।शनिबार सम्म रौतहटमा सक्रिय संक्रमितको संख्या ५७७ रहेको तर पछिल्लो २४ घण्टामा निको हुनेको संख्या शुन्य रहेको बताईएको छ । अहिले सम्म रौतहटमा निको भएर घर फर्किनेको संख्या पुरानै तथ्याँक ७३ जना मात्र रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै