राधेश्याम कुशवाहा
सर्लाही, ९ चैत । सर्लाहीमा पत्रकार श्रवण थापाको अध्यक्षतामा प्रेस सेन्टर नेपाल, शाखा नयाँ नेतुत्व चयन गरिएको छ ।
सर्लाहीको बागमती नगरपालिका वडा नम्वर ११ बागमती भ्यू रिसोर्टमा भएको दोस्रो विशेष जिल्ला अधिवेशनले पत्रकार थापाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो ।
प्रेस सेन्टर नेपाल, सर्लाही शाखाले संगठनको प्रक्रिया, विधान र अनुशासन विपरीतका काम कारवाही गर्दै आएको भन्दै मधेस प्रदेश समितिले चैत्र १ गते पुरानो जिल्ला समन्वय समितिलाई विघटन गरी नयाँ समिति गठनका लागि केन्द्रिय समिति जर्नादन पोखरेललाई जिम्मेवारी दिएको थियो ।
जिल्ला कार्य समितिको उपाध्यक्षद्धयमा क्षितिज विश्वकर्मा, सर्मिला रमौली मगर, सचिव राधेश्याम कुशवाहा र सह–सचिवद्धयमा सलिना मगर, जितेन्द्र कुशवाह चयन भएको छ ।
त्यसैगरी कोषाध्यक्षमा राजेश पाठक, सदस्यहरुमा चन्द्रवहादुर जिम्वा, शिवकुमार कुशवाह, हरि निरौला, मंन्दिरा लामिछाने चयन भएका छन् । जितेश यादव, अविशेष यादव, अनिता साह जिल्ला सदस्यमा चयन भएको प्रेस सेन्टर नेपाल, सर्लाहीले जनाएको छ ।
प्रेस सेन्टर नेपाल, सर्लाहीका पूर्व नेतुत्वले आफनो १२÷१३ महिनाको कार्यकालमा केन्द्र र प्रदेश संग समन्वय र सहकार्य नगरी आफूखुशि कार्यहरु अगाडी बढाएको आरोप लागेका थिए । उनीहरुले संगठनको विद्यान र उदेश्य विपरीत प्रदेशका सचिवलाई कारवाही गर्ने प्रेस विज्ञप्ती निकाल्ने, अन्य समाजिक संघसंस्थाहरु तथा सुरक्षा निकायहरुबाट पनि नेतुत्वले अनैतिक तथा नियमित कार्यहरु गर्दै आएको कुराहरु प्रकाशमा आएपछि विघटन गरिएको थियो ।
विभिन्न राष्ट्रिय मिडियाहरुमा समेत उहाँहरुको कर्तुत बारे सामाचारहरु समेत छापियो । यसले गर्दा संगठन तथा पार्टीको समेत ठुलो बदनामी भयो । प्रदेश समितिले समेत छानविन समिति गठन गरी छानविन गर्दा उहाँ दोषि देखिएको थियो । गरेको आफनो गल्तीलाई सुधारेर समेत अगाडी बढन समेत नचाहने भएकाले हामीहरुले पुरानो समितिलाई विघटन गरी नयाँ नेतुत्व चयन गर्न बाध्य भएको उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष श्रवण थापाले जिल्लामा पत्रकारिता व्यवसायिक र मार्यादित बनाउन संगठनले कुनै कसर बाँकी नराख्ने बताए ।
संगठनमा रहदा पनि नरहदा पनि मैले जिल्लामा पत्रकारिता व्यवसायिक र मर्यादित कसरी बनाउने भन्ने भुलेका छैन उहाँले भने । अगामी दिनहरुमा अझ धेरै संवेदनशिल ढंगले उठाउदै र यसप्रति अझ प्रतिबद्व हुदै मेरो मात्र नभएर संगठनकै जुन खालको योजना र उदेश्य छ, त्यसको पुरा गर्नका लागि प्रतिबद्व भएर लाग्ने प्रतिबद्वतता समेत उहाँले व्यक्त गरे ।
मलाई विश्वास गरेर सर्लाही नेतुत्वमा सुम्पिनुभएकोमा हाम्रा अग्रज प्रेस सेन्टर सर्लाही प्रति आभार समेत प्रकट गर्दै कार्यक्रमलाई सफल बनाउनका लागि पाल्नुभएका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, सम्पूर्ण संगठनका पदाधिकारी, सहकर्मी साथीहरुलाई थापाले धन्यावाद समेत ज्ञापन गरे ।
सम्पूर्ण जनपक्षिय पत्रकार एक हौ’ भन्ने नाराका साथ बुधवार सर्लाहीको बागमतीमा सुरु भएको प्रेस सेन्टर नेपाल, सर्लाहीको विशेष जिल्ला सम्मेलन सम्पन्न भएको थियो ।
कार्यक्रममा उपस्थिति प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सबै सहभागिहरुले श्रवण थापाको नेतुत्वमा गठित १५ सदस्यीय समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए । सहभागिहरुले पूर्व नेतुत्वद्धारा गरिएको गल्तीलाई सच्याउदै पत्रकार थापाको नेतुत्वमा गठित संगठनले अन्य सबै संगठनहरुसंग सहकार्य गरी श्रमजिवि पत्रकारहरुको हकहितका लागि समेत काम गर्ने विश्वास समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादीका पोलिटब्यूरो सदस्य उच्युतम काफ्ले, प्रेस सेन्टर नेपालका केन्द्रिय उपाअध्यक्ष गोविन्द देवकोटा, प्रदेश सांसद जवाहरलाल कुशवाहा, प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष किरण कर्ण, मधेस प्रदेशका सचिव गोपाल गुप्ता, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी, बलराका मेयर रामाशंकर कुशवाहा, नेपाल पत्रकार महासंघ, सर्लाही शाखाका अध्यक्ष टंक बहादुर क्षेत्री, नेपाल प्रेस यूनियनका अध्यक्ष कृष्ण थपलिया, फोनिज, सर्लाहीका अध्यक्ष घनश्याम बलम्पाकी, प्रेस चौतारीका अध्यक्ष अच्युतम सापकोटा प्रेस सेन्टरसंग आबद्ध संचारकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन