मत्सरीको दलित बस्तीका आगलागि पिडितलाई राहत दिने सहयोगीहरु सक्रिय

   २ जेष्ठ २०७८, आईतवार १६:१९  

तराई टप संवाददाता
रौतहट, २ जेठ । दुर्गा भगवती गाउँपालिकाको मत्सरी गाउँको दलित बस्तीमा आगलागि पिडितलाई विभिन्न निकाय एवं व्यक्तिगत रुपमा राहत सहयोग उपलब्ध गराएर आलो घाउ माथि मलहम लगाउनेहरु अघि बढेका छन् ।
रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरीको महादलित बस्तीमा शनिवार दिउसो नाँस्ता पकाउने क्रममा आगो सल्किएर आगलागि हुँदा पूर्ण तथा आँशिक गरी ६ जनाको घर जलेर क्षतिग्रस्त भएका थिए ।


दैनिक मजदुरी गरेर जिवकोपार्जन गर्ने महादलित परिवारलाई आगलागिबाट ठूलो विपत्ती परेको समयमा नेकपा माओवादी केन्द्रका युवा नेता शम्भु सिंहले दुई महिना पुग्ने गरी खाद्यान्न, लत्ताकपडा, दैनिक प्रयोग गरिने सर्फ सावुन सहित हरियो सागसब्जी खानको लागि नगद एक हजार सहितको राहत प्याकेज प्रति प्याकेज ६ जना पिडितलाई उनीहरुको घरदैलोमै गएर आईतवार उपलब्ध गराए ।
गाउँपालिका अध्यक्षको पराजित उम्मेदवार समेत रहेका सिंहले आफनो पालिकमा दैनिक ज्यालादारी गरेर जिवकोपार्जन गरिरहेका दलित परिवार माथि शनिवार ठूलो विपत्ती परेको हुँदा दुखको समयमा मानविय धर्मको निर्वाह गर्नका निमित्त आफूले दुई महिना पुग्ने गरी खाद्यान्न सामग्रीको साथै परिवारको हरेक सदस्यलाई कपडालत्ताको सार्थ एक हजार नगद दिई कार्यकाणकारी काम गरेको बताए ।

तात्कालिन राहत उपलब्ध गराएर सहयोगीहरु अघि आएर आगलागि पिडित परिवारलाई सहयोगको अपिल

सो वडाका अध्यक्ष धर्मेन्द्रकुमार झा (डिके) ले आगलागी भएको समयमै सवै क्षेत्रबाट सहयोग गर्न सहयोग हात अघि सर्नुपर्ने आहवान गरे अनुसार माओवादी केन्द्रका युवा नेता शम्भु सिंहद्धारा वितरण गरिएको खाद्यान्न सामग्री सहितका अन्य सहयोग प्रति धन्यवाद दिदै आउदो समयमा आगलागीमा परेर ध्वस्त भएका दलित समुदायको घरलाई पक्किकरण गरिने स्पष्ट पारे । वडाध्यक्ष झाले हिजै चामल, दाल, आलु, खाने तेल र त्रिपाल उपलब्ध गराएरको स्पष्ट पारे ।


वडा कार्यालयमा सहयोगी कर्मचारीको रुपमा कार्यरत गगनदेव महराको भए भरको सम्पत्ती जलेर खरानी भएको छ, उसको सपना माथि तषारापत भएको छ, उसलाई जति गरेपनि आलो घाउ माथि मलहल लगाउदा घाउ निको हुन समय लग्ने भएपनि तात्कालिन रुपमा महादलित बस्तका यी परिवारहरुलाई सकभर दुई चार महिना पुग्ने गरी खाद्यान्नको जोहो गर्न नितान्त आवश्यक भएको अवस्था रहेको हुँदा सहयोगी हाथहरु अघि सर्नुपर्ने अपिल गरे ।

आगलागि पिडितलाई जस्तापाता सहित खाद्यान्न साहग्री उपलब्ध

गराउदै क्षतिपुर्ती उपलब्ध गराउने गापा अध्यक्ष अरुण साहको प्रतिबद्धता

हिजै गाउँपालिका अध्यक्ष अरुणकुमार साहले आगलागि पिडित स्थलको निरीक्षण गर्दै चमल, दाल, खानेतेल र तत्काल छानाको रुपमा राखेर प्रयोग गर्न जस्ता पाता वितरण गरेको बताइएको छ । आगलागिमा परेर पूर्ण रुपमा जलेर नष्ट भएको घरलाई ४० हजार र आँशिक रुपमा क्षतिग्रस्त भएको परिवारलाई २० हजार रुपैया स्थानीय विपद व्यवस्थापन समितिको मार्फत उपलब्ध गराउने पालिका अध्यक्ष साहले प्रतिबद्धता जनाए ।


गाउँपालिका लगायत अन्य निकायबाट दलित बस्तीका यि परिवारहरुलाई सकभर चाँडै घर बनाएर आउनको लागेको बर्षातमा ओत लाग्ने स्थानको प्रवन्ध मिलाउने तर्फ आफू सक्रिय रहेको बताए । गरिव असहायको सहज पहुँचको लागि स्थानीय सरकार झन बढी सहयोग भएको हुँदा चाडै उनीहरुको समस्या समाधान गर्ने विचार व्यक्त गरे ।
दुर्गा भगवती गाउँपालिका ३ मत्सरी दलित बस्तीमा घर भएका गगनदेव महराको घरबाट शनिवार दिउसो सल्किएको आगो दाजुभाई बुधन महरा, सतलाल महरा, महदेव महरा सहित ६ जनाको क्षतिग्रस्त हँुदा १० लाख भन्दा बढिको क्षति भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै