78
Shares
जनकपुरधाम, ९ चैत । जनकपुरधाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ११ का अध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव रायलाई बुधवार राति नियन्त्रणमा लिएको छ ।
वडा अध्यक्ष अर्जुन चौधरी र सचिव माधव रायलाई जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ६ रामजानकी विवाहमण्डपको पश्चिम तर्फ रहेको रोहन होटेलको केबिन नम्बर ४ बाट नियन्त्रणमा लिएको हो ।
अख्तियारले सेवाग्राहीलाई दिएको ५० हजार रुपैयाको क्रमसंख्या समेत मिलेको वडा नं. ६ की वडा सदस्य मञ्जु अग्रवालको रोहवरमा पुष्टि गरिएको छ । पक्राउ परेका वडा अध्यक्ष चौधरी नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् ।
प्रहरी स्रोतका अनुसार जग्गाको विषयमा वडा अध्यक्ष र सचिवले सेवाग्राहीसित रकम मागेको उजुरीको आधारमा रंगेहात पक्राउ गरिएका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन